Sunday, June 28, 2026
spot_img

प्रकाउ परेका दीपक भट्टलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

spot_img
spot_img

आज पक्राउ परेका व्यवसायी दीपक भट्टलाई अदालतले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज बिहीबार दिउँसो उनलाई पक्राउ गरेको हो।

पक्राउ परेपछि उनलाई म्याद थपको लागि काठमाडौँ जिल्ला अदालत लागिएको थियो। काठमाडौँ जिल्ला अदालतका न्यायधीश माधव प्रसाद सुवेदीको इजलाशले उनलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

भट्टले ‘बीमा ऐन, २०७९ को दफा १४० को कसुर समेतका कसुरजन्य कार्य गरी आर्जन गरेको सम्पत्ति धितोपत्र बजार र अन्य क्षेत्रमा लगानी गरी कसुरबाट प्राप्त सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, छल्ने, स्वरुप, सही प्रकृति छल्ने बदल्ने समेतका सम्पत्ति शुद्धीकरण (मनीलाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को देहाय खण्ड (क) (ख) (ग) ले निषेधित कार्यहरु गरी गराई सम्पत्ति शुद्धीकरणको कसुर गरेको अभियोगमा अनुसन्धानका सिलसिलामा निजको थप बयान गराउने, वित्तीय सूचना र प्रमाणहरु बुझ्ने, विश्लेषण गर्ने समेतका अनुसन्धान सम्बन्धी कार्यहरु गर्न बाँकी नै रहेको’ भन्दै अदालतले उनलाई १० दिन थुनामा  राख्न अनुमति दिएको हो ।

भट्ट हिमालयन रिइन्स्योरेन्स लगायत विभिन्न कम्पनीमा शेयरधनी छन् । विभागको प्रारम्भिक अनुसन्धानबाट भट्टले ३ अर्ब ८१ करोड अनिमिताता गरेको देखिएको छ। विभागका अनुसार भट्टले दोस्रो बजारबाट नेपाल रिइन्स्योरेन्स कम्पनी लगायतका शेयर खरिद गर्न हिमालयन रिइन्स्योरेन्सको २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ, यसकै सहायक कम्पनी हिमालयन सेक्युरिटिज बैकरको २२ करोड १९ लाख रुपैयाँ, एचएलआई लार्ज क्याप फण्डको २५ करोड १४ लाख, र नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको १६ करोड १७ लाख रकम दुरुपयोग गरेको देखिएको छ ।

उनले यी कम्पनीहरुको रकम दुरुपयोग गरेर ब्रोकर नम्बर ५५ भृकुटी स्टक ब्रोकिङ कम्पनी मार्फत शेयर खरिद गरि भुक्तानी गरेको विभागको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यो पनि : दीपक भट्ट प्रकरण: शेयर किनेको पैसा ‘हाई प्रोफाइल’ व्यवसायीले समेत तिरिदिएको तथ्य फेला  

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति व्यवस्थापन कम्पनीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन: सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले एसेट्स...

वन्डर्स इनर्जीको साधारणसभा सम्पन्न

वन्डर्स इनर्जी प्रालिको साधारणसभा सम्पन्न भएको छ । आज...

मौद्रिक नीति असफल भयो भन्न मिल्दैन  : कार्यकारी निर्देशक सापकोटा 

राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वितीय क्षेत्रको स्थायित्व...

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत...

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...
spot_img