Sunday, June 28, 2026
spot_img

३४१३ अर्ब पुग्यो विदेशी विनिमय सञ्चिति, कति महिनाको आयात धान्छ ?

spot_img
spot_img

नेपालको विदेशी विनिमय सञ्चिति  बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा रु.२६७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २७.५ प्रतिशतले वृद्धि भई २०८२ फागुन मसान्तमा रु.३४१३ अर्ब ७७ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ फागुन मसान्तमा १८.३ प्रतिशतले वृद्धि भई २३ अर्ब ८ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा रु.२४१४ अर्ब ६४ करोड रहेकोमा २०८२ फागुन मसान्तमा २५.७ प्रतिशतले वृद्धि भई रु.३०३५ अर्ब ११ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा रु.२६३ अर्ब ४ करोड रहेकोमा २०८२ फागुन मसान्तमा ४४.० प्रतिशतले वद्धि भई रु.३७८ अर्ब ६६ करोड कायम भएको छ । २०८२ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.० प्रतिशत रहेकोछ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२÷८३ को आठ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८२ फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५५.९ प्रतिशत, १५३.८ प्रतिशत र ४०.८ प्रतिशत रहेका छन्। २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति व्यवस्थापन कम्पनीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन: सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले एसेट्स...

वन्डर्स इनर्जीको साधारणसभा सम्पन्न

वन्डर्स इनर्जी प्रालिको साधारणसभा सम्पन्न भएको छ । आज...

मौद्रिक नीति असफल भयो भन्न मिल्दैन  : कार्यकारी निर्देशक सापकोटा 

राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वितीय क्षेत्रको स्थायित्व...

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत...

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...
spot_img