Sunday, June 28, 2026
spot_img

‘देउवा निवास बिक्री भएको छैन, त्यो घर आरजु राणालाई माइतीले दाइजोमा दिएको हो’

spot_img
spot_img

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको सचिवालयले बूढानीलकण्ठस्थित निवास र जग्गा बिक्री नभएको बताएको छ । देउवा निवास बिक्री भएको चर्चा भइरहेका बेला सचिवालयले घर बिक्री नगरिएको र बेच्ने कुनै तयारी नरहेको बताएको हो ।

‘बूढानीलकण्ठको देउवा निवास बिक्री गर्ने कुनै कार्यक्रम छैन,’ सचिवालयले भनेको छ, ‘केही सञ्चारमाध्यममा गलत सूचनासहित घर बिक्री गरेको र बिक्रीमा राखेको भनेर भ्रामक सूचना संप्रेशण भएकाले बिक्रीमा नराखेको स्पष्ट पारिएको हो ।’

सचिवालयका अनुसार उक्त घर देउवा पत्नी डा. आरजु राणालाई माइतीले दाइजोको रुपमा दिएको पनि सचिवालयले जनाएको छ । ‘उक्त घर रहेको जग्गा डा. आरजु राणालाई उहाँको माइतीले दाइजोको रुपमा २०५० सालमा खरिद गरिदिएको हो,’ सचिवालयले भनेको छ ।

जेनजी आन्दोलनका क्रममा देउवा निवास जलाइएको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति व्यवस्थापन कम्पनीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन: सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले एसेट्स...

वन्डर्स इनर्जीको साधारणसभा सम्पन्न

वन्डर्स इनर्जी प्रालिको साधारणसभा सम्पन्न भएको छ । आज...

मौद्रिक नीति असफल भयो भन्न मिल्दैन  : कार्यकारी निर्देशक सापकोटा 

राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वितीय क्षेत्रको स्थायित्व...

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत...

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...
spot_img