प्रहरीले व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज बिहीबार दिउँसो उनलाई पक्राउ गरेको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई पक्राउ गर्न आग्रह गरेको थियो। उनीमाथि सम्पत्ति शुद्धीकरण, ठगि, धितोपत्र कसुर लगायतका विषयमा अनुसन्धान हुने बताईएको छ।
भट्ट हिमालयन रिइन्स्योरेन्स लगायत विभिन्न कम्पनीमा शेयरधनी छन् । विभागको प्रारम्भिक अनुसन्धानबाट भट्टले ३ अर्ब ८१ करोड अनिमिताता गरेको देखिएको छ। विभागका अनुसार भट्टले दोस्रो बजारबाट नेपाल रिइन्स्योरेन्स कम्पनी लगायतका शेयर खरिद गर्न हिमालयन रिइन्स्योरेन्सको २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ, यसकै सहायक कम्पनी हिमालयन सेक्युरिटिज बैकरको २२ करोड १९ लाख रुपैयाँ, एचएलआई लार्ज क्याप फण्डको २५ करोड १४ लाख, र नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको १६ करोड १७ लाख रकम दुरुपयोग गरेको देखिएको छ ।
उनले यी कम्पनीहरुको रकम दुरुपयोग गरेर ब्रोकर नम्बर ५५ भृकुटी स्टक ब्रोकिङ कम्पनी मार्फत शेयर खरिद गरि भुक्तानी गरेको विभागको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।












