Sunday, May 3, 2026
spot_img
spot_img

आज संसदमा रास्वपाको तर्फबाट रवि लामिछानेले सम्बोधन गर्ने, अरु पार्टीबाट को-को ?

spot_img
spot_img

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि आज बिहीबार प्रतिनिधिसभाको पहिलो बैठक बस्दै छ। बैठक दिउँसो २ बजे निर्माणाधीन संसद भवनको बहुउदेश्य कक्षमा हुने छ ।

संसदको जेष्ठ सदस्य अर्जुन नरसिंह केसीको अध्यक्षतामा पहिलो बैठक बस्ने छ। सभामुखको निर्वाचन नहुँदासम्म उनले नै बैठक चलाउने छन् । सभामुखको लागि चैत्र २२ गते चुनाव हुदै छ।

आज बैठकमा अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सांसदहरुले आ-आफ्नो मन्तव्य राख्ने छन्। जस अनुसार संसदको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सभापति रवि लामिछानेले सम्बोधन गर्ने छन् । दोस्रो ठूलो दल नेपाली कांग्रेसको तर्फबाट भीष्मराज आङ्देम्बेले सम्बोधन गर्ने छन् । कांग्रेसले अहिलेसम्म संसदीय दलको नेता चयन गरेको छैन ।

एमालेबाट संसदीय दलका नेता रामबहादुर थापा बादलले सम्बोधन गर्ने छन् भने नेकपाको तर्फबाट वर्षमान पुनले सम्बोधन गर्ने भएका छन्  । श्रम संस्कृति पार्टीको तर्फबाट अध्यक्ष हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट ज्ञानेन्द्र शाहीले सम्बोधन गर्ने छन् । स्वतन्त्र सांसद रहेका महाविर पुनले पनि सम्बोधन गर्न पाउने छन् ।

आजको बैठकको लागि ८ वटा कार्यसूची तयार गरिएका छन् ।  जसमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने, र राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने रहेको छ।

त्यस्तै प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम कामकारवाही गर्ने प्रस्ताव पेस र स्वीकृत सभामुखले नेपालको संविधानको धारा १०४ बमोजिम प्रतिनिधि सभाबाट सभाले आफ्नो नियमावली नबनाएसम्मको लागि प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम कामकारवाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्ने र  सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने कार्यसूची छ।

त्यस्तै अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सांसदहरुले आ-आफ्नो मन्तव्य राख्ने छन्। त्यस्तै पहिलो बैठकले नै
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधि सभाको सभामुख पदको निर्वाचनको लागि दिन तोक्ने छ।

पहिलो बैठकमा गृहमन्त्री सुधन गुरुङले  “मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२”, “प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२”, र “नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२” पेश गर्ने छन् ।

संविधान सभाका सदस्य एवं पूर्व सदस्यहरु ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधान सभा तथा राष्ट्रिय सभाका सदस्य बलदेव बोहराकोको शोक प्रस्तावहरु प्रस्तुत गरेपछि पहिलो बैठक सकिनेछ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img