Monday, June 29, 2026
spot_img

चद्रमातर्फ लागे ४ जना अन्तरिक्षयात्री, ५३ वर्षपछिको पहिलो मानव मिशन

spot_img
spot_img

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले आज बिहान अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट आर्टेमिस II मिसनको प्रक्षेपण गरेको छ। अमेरिकाको फ्लोरिडास्थित केन्नेडी स्पेस सेन्टरबाट नेपाली समयअनुसार बिहान ४:२० बजेतिर आर्टेमिस २ मिशन सफलतापूर्वक प्रक्षेपण भएको हो।

यो मिसन १९७२ मा अपोलो १७ पछि चन्द्रमातर्फ गरिएको पहिलो मानवयुक्त अन्तरिक्ष यात्रा हो । अर्थात् ५३ वर्षपछि फेरि चन्द्रमाको यात्रा थालिएको हो, यसले भावी चन्द्रमा बस्ती र मंगल ग्रहसम्मको यात्राको आधार तयार पार्ने बताईएको छ । यो नासाको आर्टेमिस कार्यक्रमको दोस्रो चरण हो । यसमा स्पेस लन्च सिस्टम (SLS) रकेट र ओरियन स्पेसक्राफ्टको पहिलो पटक मानवसहितको परीक्षण गरिएको हो।

मिसनको मुख्य उद्देश्य ओरियन यानको जीवनरक्षा प्रणाली, नेभिगेसन र गहिरो अन्तरिक्षमा सुरक्षित उडानको जाँच गर्नु हो । यो चन्द्रमामा अवतरण नगरी फ्लाईबाई (चन्द्रमाको नजिकबाट उडान) मात्र हो ।

नासाले नेतृत्व गरेको यो मिसनमा क्यानडियन स्पेस एजेन्सी (CSA) सँगको सहकार्य छ । चालकदलमा चार जना अन्तरिक्षयात्री छन् :

कमान्डर : रिड वाइजम्यान (NASA)
पाइलट : भिक्टर ग्लोभर (NASA)
मिसन स्पेसियलिस्ट : क्रिस्टीना कोच (NASA)
मिसन स्पेसियलिस्ट : जेरेमी ह्यान्सेन (CSA, क्यानडा)

अपोलो कार्यक्रमपछि चन्द्रमा मानव यात्रा रोकिएको थियो । अब आर्टेमिस कार्यक्रमले चन्द्रमामा दिगो उपस्थिति बनाउने लक्ष्य राखेको छ। यसले वैज्ञानिक अनुसन्धान, चन्द्रमाको स्रोत (जस्तै पानीको बर्फ) उपयोग र भावी मंगल यात्राको तयारी गर्नेछ । चीनले पनि २०३० सम्म चन्द्रमामा मानव पठाउने योजना बनाएकाले यो अन्तरिक्ष दौडको नयाँ अध्याय पनि हो ।

यो मिसन १० दिनको हुनेछ । रकेट प्रक्षेपण भएपछि ओरियन यान पृथ्वीको परिक्रमा गर्दै चन्द्रमातर्फ लागेको छ। चन्द्रमाको ७ हजार किलोमिटरभन्दा टाढा (फार साइड) बाट उडान गरेर फर्कनेछ । यो यात्रा ६ लाख ८५ हजार माइल (११ लाख किलोमिटरभन्दा बढी) लामो हुनेछ । चन्द्रमामा अवतरण हुने छैन ।

यसमा चार जना अन्तरिक्षयात्री गएका छन्। मिसन सफल भएमा अप्रिल १०, २०२६ मा प्रशान्त महासागरको किनार (सान डिएगो नजिक) मा स्प्ल्यास डाउन (पानीमा अवतरण) गर्नेछन् ।

यो SLS रकेट विश्वको सबैभन्दा शक्तिशाली अपरेटिङ रकेट हो । मिसनले भावी आर्टेमिस III (२०२८ मा चन्द्रमा अवतरण) को लागि आधार तयार पार्नेछ । चालकदलले यात्राभरि ओरियन यानलाई म्यानुअल रूपमा पनि नियन्त्रण गर्नेछन् । यो मिसनले अन्तरिक्षमा मानव जीवनरक्षा प्रविधिको नयाँ युग सुरु गर्ने विश्वास लिइएको छ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति व्यवस्थापन कम्पनीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन: सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले एसेट्स...

वन्डर्स इनर्जीको साधारणसभा सम्पन्न

वन्डर्स इनर्जी प्रालिको साधारणसभा सम्पन्न भएको छ । आज...

मौद्रिक नीति असफल भयो भन्न मिल्दैन  : कार्यकारी निर्देशक सापकोटा 

राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वितीय क्षेत्रको स्थायित्व...

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत...

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...
spot_img