प्रतिनिधिसभाको सभामुखको छान्न चैत २२ गते निर्वाचन हुने भएको छ । मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले २० गते मनोनयन दर्ता गर्ने र २२ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।
आज प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको सभापतित्वमा सर्वदलीय बैठक बसेको थियो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरु सहभागी थिए ।
भोली बिहिबार प्रतिनिधिसभा बैठक बस्दै छ ।












