Monday, June 29, 2026
spot_img

ट्रान्क्यूलिटी स्पाको नयाँ शाखा रोयल ट्युलिप काठमाडौंमा

spot_img
spot_img

नेपालमा वेलनेस तथा स्पा सेवा प्रदान गर्दै आएको ट्रान्क्यूलिटी स्पाले ग्वार्को स्थित रोयल ट्युलिप काठमाडौंमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखामा आधुनिक पूर्वाधार, अनुभवी थेरापिस्ट तथा गुणस्तरीय सेवाको संयोजनमार्फत ग्राहकहरुलाई विश्वस्तरीय सेवा प्रदान गरिने ट्रान्क्यूलिटी स्पाले जनाएको छ ।

पूर्णरुपमा सुविधा सम्पन्न यस शाखामा वेलनेसका सम्पूर्ण सुविधा जस्तै थर्मल हाईड्रो थेरापी, परम्परागत मसाज थेरापी, गुणस्तरीय सैलुन, स्वीमिङ्ग तथा जिम सेवा प्रदान गरिनेछ । ग्राहकहरुले ललितपुरमा पनि पूर्णरुपमा सुविधा सम्पन्न वेलनेस तथा हेल्थ क्लब शाखा थप्न आग्रह गरेपछि यो शाखा विस्तार गरिएको कम्पनीले जनाएको छ ।

विगत २ दशकदेखि स्पा तथा वेलनेस संस्कृतिको प्रवद्र्धन गर्दै ट्रान्क्यूलिटी स्पाले देशभरि १८ वटा भन्दा धेरै शाखाहरु सञ्चालनमा ल्याईसकेको छ । अधिकाशं शाखाहरु प्रतिष्ठित होटल तथा पर्यटकीय गन्तव्यहरूमा छन्, जसकारण पछिल्ला वर्षहरूमा नेपाल भ्रमणमा आउने पर्यटकबीच पनि यसको सेवा लोकप्रिय बन्दै गएको छ ।

द सोल्टी काठमाडौं, र्याडिसन होटल, रमादा बाई विन्डहम, होटल शंकर, चन्द्रागिरी हिल्स् रिजोर्ट, रोयल टुलिप चितवन, फिसटेल लजबाई अन्नपूर्ण, माउण्टेन ग्लोरी, सिदार्थ भिलासा लगायत देशका विभिन्न होटलहरूमा सेवा विस्तार गरिसकेको यस कम्पनीले मलेसियामा रहेको शाखाद्वारा पनि सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीका प्रमूख परिचालन अधिकारी रनिल फैजुले नयाँ शाखा सञ्चालनले राजधानीमा उच्चस्तरीय वेलनेस सेवाको पहुँच विस्तार हुने विश्वास व्यक्त गरे । उनका अनुसार दैनिक व्यस्त जीवनशैलीबीच शारीरिक तथा मानसिक सन्तुलन कायम राख्न स्पा तथा वेलनेस सेवाको आवश्यकता बढ्दै गएको छ ।

त्यस्तै, कम्पनीका अध्यक्ष भुवन फैजुले प्रमूख पर्यटकीय तथा आतिथ्य क्षेत्रमा गुणस्तरीय स्पा सेवा विस्तार गर्नु संस्थाको दीर्घकालीन रणनीति रहेको बताए । उनका अनुसार यस पहलले वेलनेस पर्यटनको विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

हाल ट्रान्क्यूलिटी स्पाले वेलनेस उद्योगमार्फत देशभर लगभग २५० रोजगारी प्रदान गर्दैआएको छ । नयाँ शाखा सञ्चालनसँगै होटलका सेवाग्राहीहरुले प्रिमियम आतिथ्य सेवासँगै एकै स्थानमा वेलनेस सुविधा उपभोग गर्न सक्ने विश्वास व्यक्त गरिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति व्यवस्थापन कम्पनीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन: सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले एसेट्स...

वन्डर्स इनर्जीको साधारणसभा सम्पन्न

वन्डर्स इनर्जी प्रालिको साधारणसभा सम्पन्न भएको छ । आज...

मौद्रिक नीति असफल भयो भन्न मिल्दैन  : कार्यकारी निर्देशक सापकोटा 

राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वितीय क्षेत्रको स्थायित्व...

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत...

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...
spot_img