कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली CAMIS मा विभिन्न १० वटा सुधार गरेको छ।
सेवाहरु अनलाइनमा आधारित कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली (CAMIS) मार्फत प्रदान गर्ने सिलसिलामा देखा परेका व्यवहारिक तथा प्राविधिक सीमाहरूको बारेमा सेवाग्राही, कर्मचारी तथा सरोकारवालाबाट प्राप्त सुझाव समेतका आधारमा कार्यालयले प्रणालीमा थप सुधार गरि लाइभ गरेको हो।
सुधारसंगै अब कम्पनीको ठेगाना परिवर्तनको जानकारी पेश हुनासाथ प्रणाली मार्फत तत्कालै पत्र प्राप्त हुने छ । कम्पनीको युजर (इमेल र फोन नं) परिवर्तन गर्न कार्यालयमा आँउनु पर्ने अवस्था रहेकोमा CAMIS पहुँच (Login)
रहेका प्रयोगकर्ताले प्रणाली मार्फत मोबाइल नम्बर र इमेल आफैले परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयले कम्पनी प्रशासन सम्बन्धी सवै सेवाहरू CAMIS प्रणालीमार्फत अनलाइनबाट प्रदान गर्दै आएकोले सेवा प्राप्त गर्न साधारणतय कार्यालयमा उपस्थित हुन आवश्यक नरहेको जनाएको छ । यद्यपी कार्यालय र अन्तर्गत कार्यालयहरूबाट प्रवाह हुने सनाखत, उजुरी, गुनासो लगायत कुनै सेवा प्राप्तिका लागि कार्यालयमा आउँदा सम्बन्धित कम्पनीका सञ्चालक आफैँ वा कम्पनी सचिव, कम्पनीका कर्मचारी वा कम्पनीले तोकेका आधिकारिक प्रतिनिधिले आफ्नो परिचय खुल्ने कागजातसहित उपस्थित भई सेवा लिन कार्यालयले अनुरोध गरेको छ। सेवासँग असम्बन्धित व्यक्तिलाई सेवा प्रवाह गर्न कार्यालय बाध्य नहुने कार्यालयले प्रष्ट पारेको छ।
यस्ता छन् कार्यालयले गरेका १० सुधार :
१. कम्पनीको ठेगाना परिवर्तनको जानकारी पेश हुनसाथ प्रणाली मार्फत स्वचालित रुपमा तत्काल पत्र जाने व्यवस्था गरिएको ।
२. कम्पनीको युजर (इमेल र फोन नं) परिवर्तन गर्न कार्यालयमा आँउनु पर्ने अवस्था रहेकोमा CAMIS पहुँच (Login)
रहेका प्रयोगकर्ताले प्रणाली मार्फत मोबाइल नम्बर र इमेल आफैले परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको ।
३. सञ्चालक समिति अद्यावधिक गराउँदा कम्पनी ऐनको व्यवस्था अनुसार BOD Member ११ भन्दा बढी नहुने, एक अध्यक्ष, एकल कम्पनीमा १ जना, पब्लिक कम्पनीमा न्यूनतम ३ जना, कम्तीमा १ जना महिला, स्वतन्त्र संचालक १२/२ जना अनिवार्य गराउनुपर्ने गरी Validation लागू गरिएको ।
४. शेयरधनीको सूचीमा शेयर संख्या शून्य रहेकालाई ‘पूर्व शेयरधनी र अरुलाई सक्रिय शेयरधनी भनी राखिएको ।
५. खारेजी तथा विशेष खारेजीको अवस्थाका सबै टिप्पणीहरु सम्बन्धित अधिकारीले हेर्न सक्ने बनाइएको ।
६. माथिल्लो तहबाट टिप्पणी अस्वीकृत भएकोमा तल्लो तहलाई सोको जानकारी हुने र पुन पेश गर्न सक्ने बनाइएको ।
७. विशेष खारेजीको क्रममा आवेदनमा कुनै कागजात थप वा संशोधन गर्नुपर्ने भएमा माग गर्न “Send for Correction” सुविधा थप गरिएको ।
८. Auto signed भएका कागजातको संख्या Dashboard मा संख्यात्मकरुपमा देखिने व्यवस्था गरिएको ।
९. मोबाइल view मा कम्पनी खारेजी पछि पनि वार्षिक प्रतिवेदन देखिने अवस्थाको समाधान गरिएको ।
१०. Document Request / Regenerate गर्दा अन्यत्र कार्यालयमा जाने अवस्थाको समाधान गरिएको ।












