Sunday, May 3, 2026
spot_img
spot_img

प्रधानन्यायाधीश राउत आजदेखि अवकाशमा, सपनालाई कामुको जिम्मेवारी

spot_img
spot_img

सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि अनिवार्य अवकाशमा गएका छन्।  ६५ वर्षे उमेर हदका कारण उनी आजबाट अनिवार्य अवकाशमा गएका हुन् ।

उनको अवकाशसँगै आजदेखि सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशकाको जिम्मेवारी सम्हाल्ने छिन्। प्रधानन्यायाधीश नियुक्त नहुँदासम्म सपनाले नै कामुको जिम्मेवारी सम्हाल्ने छिन् ।

न्याय परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुन योग्यता पुगेका ६ जना न्यायाधीशको नाम सिफारिस गरिसकेको छ । न्यायपरिषद्ले वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ। संवैधानिक परिषद्ले वरिष्ठतम् न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउने अभ्यास छ ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गर्नु पर्छ ।  तर अहिले सभामुख, उपसभामुख, प्रमुख विपक्षी दलका नेताको टुंगो नलागेकोले संवैधानिक परिषद्ले पूर्णता पाएको छैन ।  संवैधानिक परिषद्ले पूर्णता पाएपछि नयाँ प्रधानन्यायाधीश सिफारिस हुनेछन् भने संसदीय सुनुवाइबाट अनुमोदन भएपछि प्रधानन्यायाधीश नियुक्त हुने छन् ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img