जेन्जी आन्दोलनको क्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी रहेका छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले आज मंगलबार रिजाललाई पक्राउ गरेको हो ।
उनीमाथि आन्दोलनकारीलाई गोली चलाउन आदेश दिएको आरोप छ । उनी भदौ २३ मा भएको जेनजी आन्दोलनका बेला काठमाडौंका सीडीओ थिए । जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस अनुसार अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो।













