Monday, June 29, 2026
spot_img

चितवनमा पनि देखियो बर्डफ्लु, नष्ट गरियो १८ हजार बढी कुखुरा

spot_img
spot_img

चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नजिकैको एक लोकल कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको हो । पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेका अनुसार देशको पूर्वी क्षेत्रमा देखिएको बर्डफ्लु हाल चितवनमा पनि पुष्टि भएको छ ।

बर्डफ्लु देखिएको स्थानमा सङ्क्रमण नियन्त्रणका लागि करिब १८ हजार लेयर्स कुखुरा नष्ट गरिएको छ भने नजिकैको अर्को फार्ममा करिब ९०० लोकल कुखुरा नष्ट गरिएको उनले जानकारी दिए  ।

चितवनमा २०७८ सालपछि बर्डफ्लु यस वर्ष पहिलोपटक देखिएको हो र हालसम्म अन्यत्र फैलिएको छैन ।  अघिल्लो पटक २०७८ सालमा बर्डफ्लु फैलँदा जिल्लामा करिब आठ लाख कुखुरा नष्ट गरिएको थियो ।

जिल्लामा गत आर्थिक वर्षको तथ्याङ्कअनुसार करिब एक करोड आठ लाख कुखुरा रहेको पशु सेवा कार्यालयले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति व्यवस्थापन कम्पनीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन: सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले एसेट्स...

वन्डर्स इनर्जीको साधारणसभा सम्पन्न

वन्डर्स इनर्जी प्रालिको साधारणसभा सम्पन्न भएको छ । आज...

मौद्रिक नीति असफल भयो भन्न मिल्दैन  : कार्यकारी निर्देशक सापकोटा 

राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वितीय क्षेत्रको स्थायित्व...

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत...

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...
spot_img