Wednesday, June 10, 2026
spot_img

इरान युद्दको असर: अनिश्चितकालका लागि बन्द हुन थाले मिडलइस्ट पठाउने मेनपावर कम्पनी

spot_img
spot_img

इजरायल–इरान युद्धले नेपालीहरुको प्रमुख श्रम गन्तव्य मुलुक प्रभावित बन्दा नेपालमा मेनपावर कम्पनीहरु बन्द हुन थालेका छन् । इरानले मध्यपूर्वी देशहरुमा समेत आक्रमण बढाएपछि नेपालबाट ति देशमा श्रमिक पठाउने कम्पनीहरु बन्द हुन थालेका हुन् ।

लाजिम्पाटमा रहेको ग्राण्ड शिखर ओभरसिज प्रा.लि. अनिश्चित कालका लागि बन्द भएको छ । अरु चल्तीका मेनपावर कम्पनी पनि करिब करिब बन्द हुने स्थितिमा पुगेका छन् । ‘मलेसियामा मान्छे पठाउने कम्पनीहरु चलिरहेका छन्, ति बाहेक साउदी, कतार, ओमान, दुबई, कुबेत लगायतका देशको काम गर्ने कम्पनीहरु अल्पकालिन रुपमा बन्द छन्’ बसुन्धरास्थित एक मेनपावर कम्पनीका प्रतिनिधिले भने, ‘मलेसियाको चाहिँ काम भइरहेको छ ।’

वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार नेपाली म्यानपावर कम्पनीको मुख्य श्रम बजार नै मध्यपूर्वका देशहरु हुन् । नेपालको कुल वैदेशिक रोजगारीमा ७० प्रतिशत हिस्सा मध्यपूर्वी देशहरुले ओगट्ने उनको भनाइ छ । तर, अहिले ति देशहरुमा युद्धको प्रभावले गर्दा कामदार पठाउन नसकिने अवस्था उत्पन्न भएकाले कम्पनीहरु अल्पकालिन रुपमा बन्द भएको उनले बताएका छन् ।

‘श्रम स्वीकृति रोकिएको छ, उताबाट माग प्रमाणिकरण हुन छोडेको छ, फ्लाइटहरु सबै क्यान्सिल छन्’ भण्डारीले भने, ‘यसकारण केही आन्तरिक काम हुनेहरुले कार्यालय खोलेका छन्, अब काम नै नभएप्छि कार्यालय मात्रै खोलेर पनि के गर्नू भन्ने हिसाबले केहीले बन्द गरेका छन् ।’

उनका अनुसार युद्ध रोकिएर शान्ति कायम नभएसम्म वैदेशिक रोजगारीको चक्र नै प्रभावित हुने जोखिम छ । ‘शान्ति नभएसम्म काम हुँदैन, कहिलेबाट युद्धविराम हुन्छ र शान्ति हुन्छ भन्ने यकिन नै छैन’ उनले थपे ।

श्रम गन्तव्य विस्तार आवश्यक
विगत केही वर्षदेखि नेपालमा वैदेशिक रोजगारीको श्रम गन्तव्य ‘सिफ्ट’ हुँदैछ भन्ने बहस भइरहेको छ । खासगरी, मध्यपूर्व र मलेसियाबाट युरोपका देशहरुमा जाने नेपाली श्रमिकको संख्या बढ्दै गएको र ति देशहरुसँग दुइ पक्षीय श्रम सम्झौता गर्नुपर्ने आवश्यकताबारे बेलाबेला बहस पनि भइरहेका छन् ।

तर, तुलनात्मक रुपमा कम प्रशिक्षित अर्थात् अदक्ष र अर्धदक्ष कामदारको गन्तव्य अझैपनि मध्यपूर्वी देशहरु नै हुने गरेको व्यवसायीहरु बताउँछन् । यद्यपी, वैदेशिक रोजगारका मागपत्र प्रमाणीकरण जाँचबुझ सम्बन्धि निर्देशिकालाई समयानुकुल बनाएर युरोपका देशहरुको मागसमेत सहजै प्रमाणिकरण गरिने हो भने श्रम गन्तव्य क्रमशः युरोपेली देशमा विस्तार हुने व्यवसायीहरुको अपेक्षा छ ।

सेवा सुविधा र श्रम अधिकारका दृष्टि युरोपका देशहरु बढी सुरक्षित हुने भएकाले अहिले नेपाली युवाहरु ति देशतर्फ आकर्षित भइरहेका छन् । तर, व्यक्तिगत श्रम स्वीकृति लिएर जाँदा सुरक्षा संवेदनशीलता समेत उत्तिकै हुने भएकाले संस्थागत (मेनपावर) रुपमै खुला गरिदिन व्यवसायीहरुले वैदेशिक रोजगार विभागसँग माग पनि गरेका छन् ।
व्यवसायीहरुका अनुसार युरोपका क्रोयशिया, रोमानिया, साइप्रस, पोल्याण्ड र माल्टासहित ४० वटा देशमा नेपाली श्रमिकहरुको माग उच्च छ ।

यो पनि : इरान युद्द: महँगीको ठूलो मारमा पर्दै नेपाली, रेमिट्यान्स घटे समस्या झन् विकराल

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘कमिशन’का कारण बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव

बजारमा खाना पकाउने ग्यास नपाउने समस्या पुनः देखिन थालेको...

सम्पत्ति विवरण बुझाउने समय एक महिना थपियो

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड...

सुनको भाउमा भारी गिरावट

आज बुधबार सुनको भाउमा भारी गिरावट आएको छ ।...

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघ उपाध्यक्ष पाण्डेको सम्बोधन, त्रिपक्षीय सहकार्यमा जोड

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारका...

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नबाट पालिएकाहरुले प्रधानमन्त्री र ममाथि आक्रमण गरिरहेका छन्’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा...
spot_img