सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने अवधि असार मसान्तसम्म थप गरेको छ । आयोगले सम्पत्ति विवरण बुझाउनुपर्नेहरु कतिपय विदेशमा रहेको र कतिपयले तत्काल विवरण संकलन गर्न कठिनाइ भएको गुनासो गरेपछि म्याद थप गरेको हो ।
आयोगका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार आयोगले जेठ १ गते पूर्वप्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका विभिन्न पदाधिकारीहरुलाई जेठ मसान्तसम्म सम्पत्ति विवरण बुझाउन भनेको थियो ।
हालसम्म ३ हजार ५ सय जनाले सम्पत्ति विवरण बुझाएको आयोगले जनाएको छ । आयोगले हालसम्म प्राप्त सम्पत्ति विवरणको जाँचबुझ पनि सुरु गर्ने तयारी अघि बढाएको छ ।
२०८३ वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो । आयोगको कार्यालय केशरमहलमा स्थापना गरिएको छ ।












