नेपालमा सुजुकी गाडीको आधिकारित आयातकर्ता सिजी मोटोकर्प प्रा.ली.ले ‘ई–भितारा’को मूल्य घटाएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले विद्युतीय सवारी साधनमा करका दर हेरफेर गरेपछि कम्पनीले इ–भिताराका सबै भेरियन्टमा मूल्य कटौतीको घोषणा गरेको हो ।
कम्पनीले चारै भेरियन्टमा एक लाख मूल्य कटौती गरिएको जनाएको छ ।
जस अनुसार ई भितारा डेल्टाको मूल्य ४८ लाख ९९ हजार तोकिएको छ । यसको एमआरपी ५२ लाख ९९ हजार तोकिएको छ ।
यस्तै, ई भितारा जेटाको मूल्य ५२ लाख ९९ हजार, ई भितारा अल्फाको मूल्य ५८ लाख ९९ हजार र ई भितारा अल्फा डीटीको मूल्य ५९ लाख ४९ हजार तोकिएको छ ।
यो कुनै अस्थायी प्रोमोशनल अफर मात्रै नभई, संरचनागत मूल्य पुनरावलोकन भएको कम्पनीले जनाएको छ ।












