राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा. शिवराज अधिकारी नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागका पूर्व प्रमुख अधिकारीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । उनी यसअघि राष्ट्रिय योजना आयोगका सदस्य थिए ।