Wednesday, July 1, 2026
spot_img

भरतपुर एयरपोर्टमा हवाई इन्धन ‘रिफ्युलिङ’ सेवा सुरु

spot_img
spot_img

भरतपुर विमानस्थलमा बुधबारबाट हवाई इन्धन ‘रिफ्युलिङ’ सेवा सुरु भएको छ । त्रिभुवन विमानस्थलबाट दिउँसो १२ बजेको उडानमार्फत भरतपुर पुगेको बुद्ध एयरमा आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले इन्धन भरेर सेवा सुरु गरेका हुन् ।

उक्त सेवा सुरु भएपछि भरतपुर–काठमाडौं रुटका विमानले दुईतर्फी उडानलाई पुग्ने इन्धन बोक्नुपर्ने बाध्यता हटेको छ । काठमाडौं–भरतपुर रुटमा नियमित रूपले खचाखच यात्रु हुने भएपनि दुईतर्फी उडान भर्न तेल बोकेर जानुपर्ने हुँदा बुद्ध एयरले प्रत्येक उडानमा ४–५ सिट खाली राखेर तौल व्यवस्थापन गर्दै आएको थियो । तर, अब भरतपुरमै इन्धन भर्ने सुविधा भएपछि सबै सिटमा यात्रु राखेर उडान भर्न मिल्ने भएको छ ।

सेवा सुरु गर्दै निगमका कार्यकारी निर्देशक भट्टले निर्वाचनका वेला हवाई यात्रुको संख्या बढेकाले लाभ हुने बताए । ‘भरतपुर विमानस्थलबाटै इन्धन रिफ्युलिङ थालिएपछि अब खाली सिट राखेर उडान भनुपर्ने बाध्यता हटेको छ । यसमा निर्वाचनको बढ्दो चहलपहलका कारण हवाईमार्गबाट यात्रा गर्ने यात्रुलाई सहजता हुने अपेक्षा लिएका छौँ,’ उनले भने ।

निर्वाचन आचारसंहिता लागेकै बेला भएप्नि सेवा शुभारम्भ गरेर निगमले सामाजिक उत्तरदायित्व पूरा गरेको उनको भनाइ थियो । भरतपुर विमानस्थलमा दैनिक ३५ सय लिटरसम्म इन्धन खपत हुने अनुमान छ ।

१ हजार लिटर क्षमताका दुईवटा रिफ्युलर र ६ हजार लिटर क्षमताको एउटा डिस्पेन्सरमार्फत सेवा थालिएको निगमको हवाई इन्धन कार्यालय, सिनामंगलका प्रमुख प्रदीप यादवले जानकारी दिए ।

‘हवाई यात्रुहरूको सहजताका लागि आचारसंहिता लागेकै वेला भिडभाड नगरी सेवा विस्तार गरिएको छ,’ यादवले भने । भरतपुर विमानस्थलबाट इन्धन सेवा थाल्न निगमलाई नागरिक उड्डयन प्राधिकरण र बुद्ध एयरले ताकेता गर्दै आएका थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बजेट नल्याउने २३ वटा स्थानीय तहलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

पूर्वमा थपिँदै लक्जरी होटेल ब्राण्ड ‘होलिडे इन’, नेपालकै ठूलो क्यासिनोदेखि भव्य बैंक्वेटसम्म

झापा, विराटनगर, इटहरी लगायतका शहरहरु मुलुककै अर्थतन्त्रका लागि प्रमुख...

घरजग्गा कारोबारको लाइसेन्स पाएका कम्पनीले अधिकतम् ५ प्रतिशत मात्रै सेवा शुल्क लिने

घर जग्गा कारोबारको इजाजतपत्र प्राप्त कम्पनीहरुले सेवाबापत अधिकतम् ५...

नेप्सेमा सानिगाड हाइड्रोको शेयर सूचीकृत, SGHL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिगाड हाइड्रो लिमिटेडको शेयर सूचीकृत...

प्रोटोनको रियर ह्विल ड्राइभ ईभी ल्याउँदै जगदम्बा मोटर्स

प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले...

नेप्सेमा कालंगा हाइड्रोको शेयर सुचिकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कालंगा हाइड्रो लिमिटेडको शेयर सूचीकृत...
spot_img