Saturday, June 27, 2026
spot_img

दुर्घटनाग्रस्त जहाज २१ वर्ष पुरानो, २०७३ फागुनमा किनेको थियो सौर्यले

spot_img
spot_img

बुधबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एयरलायन्सको जहाज २१ वर्ष पुरानो भएको पाईएको छ । बुधबार बिहान सौर्य एयरलायन्सको ९एन-एएमई कल साइनको जहाज दुर्घटना भएको हो।

दुर्घटना भएलगतै जहाजमा आगलागी भएकोले जहाज पूर्णरुपमा क्षति भएको छ । यो जहाज क्यानडाको बमबार्डियर कम्पनीले निर्माण गरेको हो ।

यो जहाज क्यानडाको बमबार्डियर एयरलायन्सले नै C-GYYA कल साइनबाट १० एप्रिल २००३ देखि चलाएको थियो ।  मे २९, २००३ देखि सो जहाज अमेरिकाको एटलान्टिक कोस्ट एयरलायन्सले किनेर N695BR कल साइनबाट चलायो । ४ अगस्त २००४, देखि अमेरिका कै इन्डीपेन्डेन्स एयरलायन्सले N695BR कल साइन बाट नै चलायो । त्यसपछि जुन १४, २००७ मा सो विमान नाइजेरियाको एरिक एयरले खरिद गरेर 5N-BJI कल साइनबाट चलायो ।

२० मार्च २००८ मा सो विमान साउथ अफ्रिकन एक्सप्रेस एयरलायन्सले किनेर ZS-NMG कल साइनबाट चलायो । २०१६ को अक्टोबरदेखि सो जहाज स्टोर मै थियो ।  १४ मार्च २०१७ अर्थात् २०७३ फागुनमा सौर्य एयरलायन्सले सो जहाज काठमाडौँ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याएको हो ।  त्यसपछि सौर्यले 9N-AME कल साइनबाट चलाउदै आएको सो जहाज आज बिहान दुर्घटनाग्रस्त भएको हो ।

काठमाडौँबाट मर्मतको लागि पोखरा जाने क्रममा सो जहाज दुर्घटनामा परेको हो ।  जहाजमा चालक दलका २ सदस्य र सौर्य कै १७ जना कर्मचारी गरि कुल १९ जना सवार थिए ।

सो जहाजको पाइलट मनिष शाक्य थिए भने कोपाइलट एस कटुवाल रहेका थिए। बाँकि १७ जना सौर्य एयरलायन्स कै कर्मचारी थिए । जस मध्ये १६ पुरुष र १ महिला रहेका छन् । विमानमा रहेका सौर्यका कर्मचारीहरुमा अमित मान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, आश्विन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्य रत्न शाही र अरेफ रेडा (विदेशी नागरिक) थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जहाजमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको छ । १८ जनाको शव संकलन गरिएको  र एक जना घाइतेको अस्पतालमा उपचार भईरहेको प्राधिकरणले जनाएको छ । क्याप्टेन शाक्य बाहेक सबैको मृत्यु भएको छ । क्याप्टेन शाक्यको भने उपचार भईरहेको र उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

 

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको पदबहाली सोमबार

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...

शुभ इन्टरनेशल हस्पिटालिटीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

ट्राफिक नियम उलङ्घन गर्नेलाई १ लाखसम्म जरिवाना प्रस्ताव, पैदल यात्रीलाई पनि ‘आर्थिक कारबाही’

सरकारले ट्राफिक नियम उलङ्घनमा ब्यापक जरिवाना तिराउने प्रस्तावसहित कानूनको...

  कामना सेवा विकास बैकद्धारा दुर्गा माविलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...
spot_img