Tuesday, August 18, 2026
spot_img

कर्जा सूचना केन्द्रले दिने सेवामा पनि लाग्न थाल्यो भ्याट

spot_img

कर्जा सूचना केन्द्रले प्रवाह गर्ने सेवाहरुमा पनि मूल्य अभिवृद्धि कर भ्याट लाग्न सुरु भएको छ। २०८१ साउन गतेदेखि केन्द्रले प्रवाह गर्ने सेवामा भ्याट लाग्न थालेको हो ।

नेपाल सरकारको आर्थिक बर्ष २०८१/८२ को बजेट सार्वजनिक हुँदा जारी नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको बिधेयक (आर्थिक ऐन, २०८१) को दफा २८ मुताविक कर्जा सूचना केन्द्र लिमिटेड मूल्य अभिवृद्धि करमा अनिवार्य रुपमा दर्ता हुनुपर्ने व्यवस्था छ ।

सोहि अनुसार केन्द्रले २०८१ साउन १ गते देखि लागू हुने गरी आफना सदस्य संस्थाहरुलाई प्रदान गर्दै आईरहेका सम्पूर्ण सेवाहरुमा मूल्य अभिवृद्धि कर लाग्ने जनाएको छ ।

२०८१ साउन १ गतेदेखि नै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले सञ्चालन गर्ने सेवाहरुको कारोबार शुल्कमा मूल्य अभिवृद्धि कर (भ्याट) लागेको छ। नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ बजेटले गरेको व्यवस्था बमोजिम नयाँ आर्थिक वर्ष सुरु भएसँगै नेपाल क्लियरिङ्ग हाउसले सञ्चालन गर्ने सेवाहरुको कारोबार शुल्कमा भ्याट लागेको हो।

नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक ऐन, २०८१) अनुसार नेपाल क्लियरिङ्ग हाउसले प्रदान गर्दै आएको समासोधन गृह (क्लियरिङ्ग) सेवालाई मूल्य अभिवृद्धि कर छुट सूचीबाट हटाइएको छ । सोहि कारण आज २०८१ श्रावण १ गते देखी लागु हुनेगरी क्लियरिङ्ग हाउसबाट सञ्चालनमा रहेका सम्पूर्ण सेवाहरुमा मूल्य अभिवृद्धि कर लागू भएको हो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन भएका...

जापानमा HiLife का नेपाली उत्पादनको शुभारम्भ

नेपालमा उत्पादित HiLife Foods and Agro Industries Limited का...

विश्वकै पहिलो रोबोटिक स्मार्टफोन सार्वजनिक, 4DoF मेकानिकल गिम्बल

विश्वकै अग्रणी AI डिभाइस इकोसिस्टम कम्पनी HONOR ले बहुप्रतीक्षित...

भदौ ९ देखि नाडा अटो शो हुँदै: २०० बढी स्टल रहने, २ लाखले अवलोकन गर्ने अनुमान

नाडा अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो २०२६...

इन्डोनेसियाको ८१औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तोलन

नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालयले आइएमई...

करदाता प्रोत्साहन कार्यक्रम: आज पुरस्कार घोषणा हुँदै, यस अघि जितेकाले आजै पैसा पाउने

करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज...
spot_img