Thursday, June 25, 2026
spot_img

पाँचौं पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

spot_img
spot_img

प्रधानमन्त्री पुष्पकमल दाहालले आज शुक्रबार विश्वासको मत लिंदै छन् । उनले सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा पाँचौं पटक संसदबाट विश्वासको मत लिँन लागेका हुन् ।

कांग्रेस र एमालेले सत्ता साझेदारीका लागि सातबुँदे सहमति गरेर एमाले लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।  संविधानको धारा १०० (२) मा ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ’ भन्ने व्यवस्था छ ।

यद्यपि अल्पमतमा परिसकेका उनले विश्वासको मत नपाउने निश्चित छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ ।

विश्वासको मत नपाएपछि उनी स्वत पदमुक्त हुने छन् । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने छ । प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने गरि आज नै कांग्रेस र एमालेले नयाँ सरकारको लागि दाबी पेश गर्ने तयारी गरेका छन् ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

टाइम फर्मास्यूटिकल्स आईपीओ: शेयर मूल्य ६०० रुपैयाँ प्रस्ताव, ३ वर्षमा ६६.३२ प्रतिशत लाभांश

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने...

ट्रान्क्यूुलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना

ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन...

नेप्सेमा स्नो रिभर्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्नो रिभर्स लिमिटेडको शेयर सूचीकृत...

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...
spot_img