Wednesday, June 18, 2025
spot_img

पाँचौं पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

spot_img
spot_img

प्रधानमन्त्री पुष्पकमल दाहालले आज शुक्रबार विश्वासको मत लिंदै छन् । उनले सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा पाँचौं पटक संसदबाट विश्वासको मत लिँन लागेका हुन् ।

कांग्रेस र एमालेले सत्ता साझेदारीका लागि सातबुँदे सहमति गरेर एमाले लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।  संविधानको धारा १०० (२) मा ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ’ भन्ने व्यवस्था छ ।

यद्यपि अल्पमतमा परिसकेका उनले विश्वासको मत नपाउने निश्चित छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ ।

विश्वासको मत नपाएपछि उनी स्वत पदमुक्त हुने छन् । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने छ । प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने गरि आज नै कांग्रेस र एमालेले नयाँ सरकारको लागि दाबी पेश गर्ने तयारी गरेका छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

होटललाई औद्योगिक ग्राहकमा रुपान्तरण गरिँदै, घट्दै बिजुलीको महशुल

नेपाल विद्युत प्राधिकरणले सरकारको घोषणा अनुसार होटललाई औद्योगिक ग्राहकमा...

भारत आउने भयो एलन मस्कको स्टारलिंक इन्टरनेट, केन्द्र सरकारले दियो अनुमति

भारत सरकारले एलन मस्कको नेतृत्वमा रहेको स्पेसएक्सको स्टारलिंकलाई भारतमा...

एलएस अटोका दुइ मोडल नाइमा एक्स्पोमा आउने

एलएस अटोको नेपालका लागि आधिकारिक बिक्रेता नेक्सन भेन्चर प्रा.लि.ले...

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...
spot_img