ओली–लेखक पक्राउको मागः जाँचबुझ आयोगले भन्यो, ‘प्रतिवेदन कुर्नु पर्दैन’

spot_img
spot_img

सरकारले जेनजी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको अध्ययन गर्न र संलग्नलाई कारबाही सिफारिस गर्न गठन गरेको आयोगले फैजदारी कसूर अन्तर्गत जोकोहीलाई अनुसन्धान गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने प्रष्ट पारेको छ ।

भाद्र २३ र २४ को घटना सम्बन्धि जाँचबुझ आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै फौजदारी कसूरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने प्रष्ट पारेको हो ।

यसअघि गृह मन्त्रालयले असोज ९ गते आयोगको प्रतिवेदन प्राप्त भएपश्चात सिफारिसका आधारमा कारबाही प्रक्रिया अघि बढाउने व्यहोराको विज्ञप्ति जारी गरेको थियो । तर, जेनजी समूहले निवर्तमान प्रधानमन्त्री केपी ओली, निवर्तमान गृहमन्त्री रमेश लेखक सहितका शीर्ष नेताहरुलाई तत्कालै पक्राउ गर्नुपर्ने माग गर्दै आएको छ । जेनजी समूहले उक्त माग गर्दै प्रहरीमा जाहेरी समेत दिन थालेपछि जाँचबुझ आयोगको प्रतिवेदन कुर्न भनिँदै आइएको छ ।

यस्तो अवस्थामा आयोगले नै फौजदारी कसूरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने बताएको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शेयर बेच्नु अघि सूचना दिनु पर्ने नियम विरुद्द परेको रिटमा सर्वोच्चको यस्तो आदेश

आधारभूत सेयरधनीले शेयर बेच्नुभन्दा अगाडि नै पूर्व सूचना दिनु...

एनपीएलमा कर्पोरेट सपोर्ट: Xtreme र Red Bull बीच रोचक प्रतिस्पर्धा

नेपाली क्रिकेटको उत्सवका रुपमा लिन थालिएको ‘नेपाल प्रिमियर लिग’...

ग्लोबल आइएमईलाई लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’

ग्लोबल आइएमई बैंकले लगातार तेस्रो पटक प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक...

माउण्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

माउण्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कार्तिक...

बढ्यो सुनचाँदीको भाउ

आज सोमबार सुनचाँदीको मूल्य बढेको छ। आइतबार प्रति तोला...

विकास हाइड्रोपावरको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

विकास हाइड्रोपावर कम्पनी लिमिटेडको ४.५५ मे.वा. क्षमताको माथिल्लो माछाखोला...