Thursday, August 27, 2026
spot_img
spot_img

नेपालमा बिहीबारदेखि शनिवारसम्म भारी वर्षाको सम्भावना, कहाँ कहाँ छ उच्च जोखिम ?

spot_img

नेपालको पूर्व तथा मध्य भागमा आगामी केहि दिन भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग/सिमाना आसपास) रहेको र आज रातीबाट उक्त रेखा  अझ नेपालतिर सर्ने  सम्भावना देखिएको छ।

साथै भोलि देखि  नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापिय प्रणाली विकसित हुने सम्भावना देखिएको छ । यी दुबै प्रणालिहरुको प्रभावले आज २०८१-०३-२६ गतेको राती देखि २०८१-०३-२९ गतेको बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना रहेको विभागले जनाएको छ।

विभागका अनुसार आज २०८१-०३-२६ गतेको रातीदेखि २०८१-०३-२९ गतेको बिहानसम्म देशभर साधारणतया देखि पूर्णतया बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा  र  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी देखि अति भारी वर्षाको सम्भावना रहेको छ ।

 आज २०८१-०३-२६ गतेको रातीदेखि २०८१-०३-२९ गतेको बिहानसम्म भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको,  शहरी तथा तराई क्षेत्रहरूमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन विभागले आग्रह गरेको छ ।

हेर्नुस् कहाँ कहाँ छ उच्च जोखिम ?

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

नुवाकोटमा ७ मेगावाट विद्युत आपूर्ति, अत्यावश्यक सेवा सञ्चालनमा सहज

नुवाकोट जिल्लामा विद्युत आपूर्ति नियमित गर्न नेपाल विद्युत प्राधिकरणले...

महासंघ अध्यक्ष श्रेष्ठ र साउदीका राजदूतबीच भेट, दुइ देशबीच आर्थिक सम्बन्ध विस्तारबारे छलफल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका...

सानिमा बैंकको लाभांश घोषणा

सानिमा बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट लाभांश प्रस्ताव...

मैलुङ खोला आयोजनाको विद्युतगृह पूर्ण रूपमा क्षतिग्रस्त, कर्मचारीको अवस्था अज्ञात

बाढीका कारण मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको...

सान्जेनको दुवै आयोजना सुरक्षित

सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आफ्ना दुई वटै जलविद्युत आयोजना...

बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीद्धारा २५ लाख सहयोग

कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा भाद्र...