इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गर्ने यसअघिको निर्णयबाट सरकार ‘ब्याक’ भएको छ । यातायात व्यवस्था विभागले एक प्रेस विज्ञप्ति विज्ञप्ति जारी गर्दै असोज १ गतेसम्म इम्बोस्ड नम्बर प्लेट जडान नगरे पनि कुनै किसिमको दण्ड जरिवाना नगरिने जनाएको हो ।
‘इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनहरुमा क्रमशः जोड्दै लैजाने निर्णय भएको तर मिति २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड/जरिवाना नगरिने ब्यहोरा समेत स्पष्ट पारिन्छ’ विभागले प्रेस विज्ञप्तिमार्फत भनेको छ ।
यसैगरी, आफूलाई अनुकुल भएको समयमा सवारी दर्ता गरेको यातायात कार्यालयमा गई स्वतः स्फुर्त ढङ्गले इम्बोस्ड नम्बर प्लेट जडान गर्न पनि विभागले अनुरोध गरेको छ ।
यस्तो छ विभागको विज्ञप्ति:













