Monday, July 13, 2026
spot_img

युलेन्स एजुकेशन फाउन्डेशन र बनेपा नगरपालिकाको समन्वयमा १० हजार विरुवा रोपियो

spot_img

युलेन्स एजुकेशन फाउन्डेशन र बनेपा नगरपालिकाको समन्वयमा काभ्रेपलाञ्चोकमा बृहत  वृक्षारोपण कार्याक्रम सम्पन्न भएको छ । युलेन्स एजुकेशन फाउन्डेशनले शिक्षा प्रदान गर्न थालेको २० वर्ष पुगेको अवसरमा बनेपा नगरपालिकासँगको सहकार्यमा शुक्रबार काभ्रेपलाञ्चोकको नालामा बृहत् वृक्षारोपण कार्यक्रम गरिएको हो ।

बनेपाको वडा नं. ३, काशी भन्ज्याङ क्षेत्रको सार्वजनिक जग्गा र युलेन्स एजुकेशन फाउन्डेशनको निजी स्वामित्वमा रहेको ४०० रोपनी जग्गामा करिब १०,००० बिरुवा रोपिएको थियो । यस बृहत् पहलले नेपालको वातावरणीय संरक्षण र जलवायु सक्षमतामा एक महत्वपूर्ण कोसेढुङ्गा स्थापना गरेको फाउन्डेशनले जनाएको छ।

कार्यक्रममा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् भने बनेपा नगरपालिकाका नगरप्रमुख शान्ति रत्न शाक्यले कार्यक्रमको अध्यक्षता गरेकी थिइन्। त्यस्तै, विशिष्ट अतिथिहरूमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, र बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चन चन्द्र वादे श्रेष्ठ रहेका थिए। कार्यक्रममा वरिष्ठ सरकारी अधिकारीहरू, वातावरण केन्द्रित संस्थाका प्रतिनिधिहरू, र युलेन्स स्कुलका विद्यार्थी, शिक्षक तथा कर्मचारीसहित १००० भन्दा बढी व्यक्तिहरूको सक्रिय सहभागिता रहेको फाउन्डेशनले जनाएको छ।

युलेन्स एजुकेशन फाउन्डेशन र बनेपा नगरपालिकाले संयुक्त रूपमा आयोजना गरेको बृहत्वृक्षारोपण कार्यक्रमले नेपाल सरकारले सगरमाथा संवादद्वारा सुरु गरेको २० वर्षे बृहत्राष्ट्रिय वृक्षारोपण अभियानलाई सहयोग गर्ने र बढ्दो जलवायु परिवर्तनको जोखिमबारे जनचेतना जगाउने उद्देश्य राखेको छ । यसले युवाहरूमा प्रयोगात्मक शिक्षाको माध्यमबाट वातावरणीय जिम्मेवारीको भावना पनि जगाउने लक्ष्य राखेको छ । युलेन्स स्कुलका ७०० भन्दा बढी विद्यार्थीहरूले यस कार्यक्रममा भाग लिएर प्रकृति र जलवायु कार्यसँग प्रत्यक्ष रूपमा जोडिएको फाउन्डेशनले जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथि डा. आरजु राणा देउवाले वातावरणीय संरक्षणमा सबै क्षेत्रको महत्वपूर्ण भूमिकाको रहेको बताईन्। उनले भनिन् “हामीले भविष्यको पुस्तालाई साँच्चिकै हस्तान्तरण गर्न सक्ने एकमात्र चीज हाम्रो पृथ्वी हो। त्यसैले, यसको संरक्षण साझा जिम्मेवारी हो । भविष्यका पुस्ताले पनि हामीले झ्याल खोलेर देख्ने निलो आकाश देख्न पाउनुपर्छ । उनीहरूले वर्षा, हिउँद जस्ता ऋतु परिवर्तनको अनुभव गर्न पाउनुपर्छ । यदि हामीले अहिलेको प्रकृति जोगाउन सकेनौं भने उनीहरूले यो सौन्दर्य देख्न पाउने छैनन्। युवाहरूलाई वातावरण संरक्षणमा संलग्न गराउनु नै उनीहरूलाई प्रकृतिप्रति जिम्मेवार बनाउने सबैभन्दा राम्रो कदम हो।”

डा.देउवाले नेपाल सरकारको वृक्षारोपण तथा जलवायु परिवर्तन विरुद्धको प्रतिबद्धताको बारेमा पनि प्रकाश पार्दै भनिन् “नेपाल सरकारले जलवायु परिवर्तनको सामना गर्न बृहत्वृक्षारोपण अभियानसहित ठूला प्रतिबद्धता गरेको छ । तर, कार्बन क्रेडिटको व्यवस्था गर्ने र ‘लस एन्ड ड्यामेज’ कोषमा पहुँच बनाउने मुख्य संरचना अझै निर्माणको प्रक्रियामा छ । यी र यस्ता अभियानहरूले वातावरण संरक्षण र हाम्रा बालबालिकाको भविष्य सुरक्षित गर्न सबैलाई जिम्मेवार बनाउन दबाब पनि सिर्जना गर्छ ।”

वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले सन् २०४५ सम्ममा शून्य उत्सर्जन प्राप्त गर्ने नेपाल सरकारको अन्तर्राष्ट्रिय प्रतिबद्धताको बारेमा जोड दिए । उनले सहकार्यको महत्वबारे उल्लेख गर्दै भने “सरकारको प्रयासलाई समर्थन गर्ने यो एक महत्वपूर्ण कदम हो। सगरमाथा संवादले अघि सारेको वृहत वृक्षारोपण अभियानको प्रतिबद्धता सरकार एक्लैले पुरा गर्न सक्दैन । हामीलाई सबैको सहयोग आवश्यक छ । नेपाल सरकारको तर्फबाट म युलेन्स एजुकेशन फाउन्डेशनलाई यस पहलका लागि धन्यवाद दिन चाहन्छु । नेपालमा जलवायु परिवर्तनको प्रभाव स्पष्ट रूपमा देखिन थालेको छ र तत्काल कदम चाल्नु हाम्रो जिम्मेवारी हो।”

युलेन्स एजुकेशन फाउन्डेशनका ट्रस्टी हेम सागर बरालले दिगोपनाप्रतिको फाउन्डेशनको अटुट प्रतिबद्धतालाई पुनः स्पष्ट गर्दै भने , “युलेन्स एजुकेशन फाउन्डेशनले नेपाल सरकारद्वारा जलवायु कार्यका लागि उत्प्रेरणा सिर्जना गर्ने प्रयासलाई गर्वका साथ समर्थन गर्छ । बनेपा नगरपालिकासँगको सहकार्यमा आयोजित यो बृहत् वृक्षारोपण कार्यक्रममार्फत हामी सगरमाथा संवादद्वारा अघि सारिएको २० वर्षे सगरमाथा वृक्षारोपण वृहत् अभियानको महत्वाकांक्षालाई गर्वका साथ अगाडि बढाउँदै छौं । यस अभियानमा सहभागी भएर हामी केवल रूख रोप्ने कार्यमा सिमित नभइ, जलवायु परिवर्तनका चुनौतीहरू समाधान गर्न सचेतना, एकता र क्रियाशीलताको सामूहिक प्रयासलाई समेत टेवा पुर्याइरहेका छौँ” ।

चार घण्टा चलेको कार्यक्रमको समापन गर्दै बनेपा नगरपालिकाका नगरप्रमुख शान्ति रत्न शाक्यले जलवायु संवादमा बालबालिका तथा युवाको प्रारम्भिक संलग्नताको महत्वमा जोड दिएको थिईन्। उनले भनिन् “हाम्रो वातावरणको संरक्षणका लागि यति धेरै युवाहरूले कदम चालेको देख्दा खुसि लाग्छ । युलेन्स एजुकेशन फाउन्डेशनसँगको साझेदारीमार्फत नेपाल सरकार र भविष्यको पुस्तालाई हरियाली र समृद्ध नेपाल हस्तान्तरण गर्ने प्रयासमा सरकारलाई सघाउन पाउँदा हामीलाई गर्व महशुस भएको छ । आगामी दिनहरूमा हामी युलेन्स एजुकेशन फाउन्डेशनले काभ्रेमै शैक्षिक कार्यक्रमहरू विस्तार गर्ने अपेक्षा गर्छौं, जसले यस जिल्लालाई शैक्षिक केन्द्रको रूपमा स्थापित गर्न सहयोग गर्नेछ र साथै यस्ता धेरै कार्यक्रमहरूमा साझेदारी गर्न सकिने छ ।”

फाउन्डेशनका अनुसार रोपिएका बिरुवाहरूको निगरानी दिर्घकालिन संरक्षण बनेपा नगरपालिका र युलेन्स एजुकेशन फाउन्डेशनलेसंयुक्त रूपमा गर्नेछन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जुलाईभरि HONOR 600 र HONOR 600 Pro खरिद गर्दा स्मार्टवाच सित्तैमा

स्मार्टफोन कम्पनी HONOR ले HONOR 600 र HONOR 600...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्...

पासपोर्ट व्यवस्थापनमा आजदेखि नयाँ प्रणाली

राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत...

टाइम फर्मास्यूटिकल्स आईपीओ: QII को लागि ५०० देखि ७५० रुपैयाँसम्म हुने गरि मूल्य निर्धारण

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिङ्ग बिधि मार्फत निष्काशन हुने...

सर्वोत्तम पेन्ट्सको शेयर डिम्याट गराउन सम्झौता

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

घट्यो सुनचाँदीको मूल्य

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...
spot_img