काठमाडौँ महानगरपालिका भित्र ४४ वटा डान्सबार, दोहोरी साँझ र नाइट क्लबहरूलाई मनोरञ्जन कर नतिरेको पाईएको छ ।पटक पटक लिखित फोन तथा मौखिक जानकारी गरिए तापनि कर बुझाउन बेवास्ता गरेको भन्दै महानगरको राजश्व विभागले त्यस्ता डान्सबार / दोहोरी साँझ / नाइट क्लबहरूलाई ३५ दिन भित्र मनोरञ्जन कर तिर्न पुन: ताकेता गरेको छ ।
३५ दिनभित्र अवधिभित्र कर दाखिला नगरे / नगराएमा बागमती प्रदेशको प्रदेश आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही हुने व्यहोरा महानगरले जनाएको छ । बागमती प्रदेशको प्रदेश आर्थिक ऐन, २०८० ले तोकेको दररेटमा रहेर मनोरञ्जन कर बुझाउनु पर्ने महानगरले जनाएको छ ।
यस्ता छन् कर नतिर्ने डान्सबार / दोहोरी साँझ / नाइट क्लब