Monday, September 7, 2026
spot_img

२६ सयको बिन्दुबाट पनि तल झर्यो शेयरबजार

spot_img

आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। आजको गिरावटपछि नेप्से सूचक २६०० को बिन्दुबाट पनि तल झरेको छ। आज नेप्से सूचक १९.१३ अंकले घटेर २५९९.५६ को बिन्दुमा पुगेको हो।

आज कारोबारमा आएका ३५० कम्पनीका ८५ लाख ७२ हजार ९ सय ७० कित्ता शेयर खरिद बिक्रीबाट ३ अर्ब २३ करोड ९७ लाखको कारोबार भएको छ। जस मध्ये रिलायन्स स्पिनिंग मिल्सको सर्वाधिक १२ करोड ७२ लाखको कारोबार भएको छ भने सोलु हाइड्रोपावरको ११ करोड ८८ लाखको कारोबार भएको छ।

आज आज सर्वोत्तम पेन्ट्सको शेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ भने धौलागिरी लघुवित्तको शेयर मूल्य ११.९८ प्रतिशतले बढेको छ। त्यस्तै सीवाईसी नेपाल लघुवित्तको शेयर मूल्य ९.१४ प्रतिशत बढेको छ।

आज कारोबारमा आएका मध्ये पन्चकन्या माई हाइड्रोको शेयर मूल्य ९.८३ प्रतिशत तथा विन नेपाल लघुवित्तको शेयर मूल्य ८.६७ प्रतिशत घटेको छ।

आज कारोबारमा आएका सबै समुहगत उपसूचक घटेका छन् । जस मध्ये हाइड्रो समूह सर्वाधिक १.१९ प्रतिशत घटेको छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसधारणलाई बेनी हाइड्रोपावरको आईपीओ आजदेखि

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि आईपीओ...

माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ...

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय...

३ खर्बको आईपीओ ल्याउँदै भारतको नेशनल स्टक एक्सचेञ्ज

भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ...

वैकल्पिक रुटमार्फत ८७ हजार ग्यास सिलिण्डर काडमाडौँ ल्याइयो

पृथ्वी राजमार्ग अवरुद्द भएपछि वैकल्पिक रुटमार्फत काडमाडौँमा ८७ हजार...