Monday, August 24, 2026
spot_img
spot_img

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आह्वान

spot_img

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक साधारणसभा २०८३ भदौ ३१ गतेको लागि आह्वान गरेको छ । उक्त साधारणसभा आम्रपाली बैंक्वेट, बालुवाटार रोड, काठमाण्डौंमा हुने बैंकले जनाएको छ ।

उक्त साधारणसभाबाट बैंकको संचालक समितिले प्रस्ताव गरे बमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृत आ.व. २०८२।८३ को संचित मुनाफाबाट बैंकका अग्राधिकार शेयरधनीहरूले अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत तथा आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभाशं पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०८२।८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व. को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तिय विवरणसँग सम्बन्धीत अनुसूचीहरु पारित गर्ने, बाह्रय लेखा परिक्षक नियुक्ती गर्ने लगायतका अन्य प्रस्तावहरु रहेका छन् ।

गत वर्ष बोनस शेयर तथा नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको बैंकले लाभांश र बार्षिक साधारणसभा प्रयोजनार्थ २०८३ भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, २०८३ भदौ १७ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठलाई चेम्बरको सम्मान

नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष एवम्...

सञ्चय कोष, नागरिक लगानी कोष र सासु कोषलाई पनि राष्ट्र बैंकले नियमन गर्ने

अब नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक...

लगानी बोर्डको सीईओ याङ्की उक्यावद्वारा पदभार ग्रहण

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) याङ्की उक्यावले पदभार...

एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’,  नाडा अटो शोमा सार्वजनिक हुने

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपाल...

२६ सयको बिन्दुबाट पनि तल झर्यो शेयरबजार

आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको...

ऐनमै समावेश गरिँदै मौद्रिक नीति आउने दिन, साउन १ तय

अबदेखि मौद्रिक नीति साउन १ गते नै आउने भएको...
spot_img