Thursday, June 25, 2026
spot_img

भारत तिर सर्दै मनसुन न्यून चापिय रेखा, अब नेपालमा पानी पर्ने क्रम घट्ने

spot_img
spot_img

सोमबारदेखि नेपालमा वर्षा हुने क्रम कम हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपाल नजिक भएको मनसुन न्यून चापिय रेखा असार २४ गते सोमबारदेखि क्रमिकरुपमा दक्षिण तिर सर्दै जाने भएकोले नेपालमा मनसुनको सकृयतामा कमी आइ  वर्षाको मात्रामा केही कमी आउने छ।

यद्यपि सोमबार देखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

सो रेखा नेपाल नजिक भएकोले नेपालमा मनसुन सक्रिय हुने जानकारी विभागले असार २३ सम्म सतर्कता अपनाउन असार २० गते मनसुन विशेष मौसम बुलेटिन जारी गरेको थियो ।

वर्षाको कारण भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा विभागले अनुरोध गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ट्रान्क्यूुलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना

ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन...

नेप्सेमा स्नो रिभर्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्नो रिभर्स लिमिटेडको शेयर सूचीकृत...

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...
spot_img