काठमाडौंका नदीमा जलसतह बढेपछि करिडोरमा प्रहरीको गस्ती

spot_img
spot_img

अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेपछि सुरक्षा निकाय सतर्कतामा छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिए।

‘बाढीले नदीका तटीय क्षेत्रका बासिन्दालाई पर्नसक्ने असर र जोखिमलाई मध्यनजर गरेर सबै करिडोरमा गस्ती थालिएको छ,’ उनले भने। उनले वाग्मती, विष्णुमती, मनहरा, हनुमन्तेलगायत सबै नदी खोलाका करिडोरमा अहिले प्रहरीको गस्ती जारी रहेको जानकारी दिए।

उनले अहिलेसम्म उपत्यकामा विपद्जन्य घटना नभएको पनि जानकारी दिए। तीनवटै जिल्लाका सुरक्षाकर्मीलाई परिचालनका लागि तयारी हालतमा राखिएको पनि प्रवक्ता मैनालीले बताए।

‘यो बेलामा घटना भइहाल्न सक्छन्, त्यसलाई ध्यानमा राखेर टोली तयारी अवस्थामा छन्, कतैबाट सूचना आउनेवित्तिकै परिचालन हुन्छन्,’ उनले भने।

वर्षाका कारण आज देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ भने ठाउँठाउँमा सडक अवरुद्ध भएको छ।कतै डुबान, कतै बाढी त कतै पहिराले प्रभावित पारेर प्रहरी प्रधान कार्यालयले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शेयर बेच्नु अघि सूचना दिनु पर्ने नियम विरुद्द परेको रिटमा सर्वोच्चको यस्तो आदेश

आधारभूत सेयरधनीले शेयर बेच्नुभन्दा अगाडि नै पूर्व सूचना दिनु...

एनपीएलमा कर्पोरेट सपोर्ट: Xtreme र Red Bull बीच रोचक प्रतिस्पर्धा

नेपाली क्रिकेटको उत्सवका रुपमा लिन थालिएको ‘नेपाल प्रिमियर लिग’...

ग्लोबल आइएमईलाई लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’

ग्लोबल आइएमई बैंकले लगातार तेस्रो पटक प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक...

माउण्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

माउण्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कार्तिक...

बढ्यो सुनचाँदीको भाउ

आज सोमबार सुनचाँदीको मूल्य बढेको छ। आइतबार प्रति तोला...

विकास हाइड्रोपावरको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

विकास हाइड्रोपावर कम्पनी लिमिटेडको ४.५५ मे.वा. क्षमताको माथिल्लो माछाखोला...