Tuesday, July 15, 2025

सीपमूलक तालिम दिने फेसन चलेको छ, तर श्रमबजार विदेशीले कब्जा गरिसकेः मन्त्री भण्डारी

spot_img
spot_img

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मुलुकमा जताततै सीपमूलक तालिमको फेसन चलेको भएपनि श्रम बजार भने अर्कैले कब्जा गरेको टिप्पणी गरेका छन् । राष्ट्रिय युवा परिषदले काठमाडौँमा आयोजना गरेको ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन’लाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

‘फ्रन्टमा केही नेपालीहरु छन्, तर गार्मेन्टभित्र तपाई जानु भयो भने त्यहाँ सबै अरुले बाहुल्यता लिइसक्या छ । सुनचाँदी व्यवसायमा बंगाली मुलका झण्डै तीन लाख मान्छेहरुले रोजगारी पाइरहेका छन्,’ मन्त्री भण्डारीले भने, ‘नेपालको श्रम बजार चाहेर नचाहेर पनि अरुले कब्जा गर्ने अनि नेपालले खाडीतिर ताक्नुपर्ने ?’

उनल् अहिले सीपमुलक तालिम दिने फेसन चलेको समेत उनको भनाइ छ । ‘सिप प्राप्त भइसकेपछि सर्टिफिकेटको मान्यता कसले दिन्छ ?’ प्रश्न गर्दै उनले भने, ‘सीप विकासको तालिम दिइराख्या छौं, श्रम बजार अर्कैले लगिरहेको छ । सर्टिफिकेसनको मान्यता छैन ।’

सिटिइभिटीले दिने सर्टिफिकेट अन्तर्राष्ट्रिस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खालको हुनुपर्ने समेत मन्त्री भण्डारीको भनाइ छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

ओझा निलम्बनमा परेपछि बीमा प्राधिकरण अध्यक्षमा पोखरेल, लिए सपथ

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको...

 माछापुच्छ्रे क्यापिटलद्वारा श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे क्यापिटल लिमिटेडले श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग...

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा...

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी...

मंगलम इन्डष्ट्रिज लिमिटेडलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको ३८ करोड लगानी

मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले निजी इक्विटी फण्ड अवसर इक्वीटी...

नेप्सेमा ट्रेड टावरको शेयर सूचीकृत, बुधबार कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्जमा ट्रेड टावर लिमिटेडको शेयर सूचीकृत भएको...
spot_img