Thursday, October 16, 2025

डिजिटल कर्णाली कन्क्लेभ सम्पन्न, प्रदेशको डिजिटल मार्गचित्र कोर्न सघाउने विश्वास

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना भएको दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकार र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा वीरेन्द्रनगरको शुभ होटलमा वैशाख ९ र १० गते कन्क्लेभ सञ्चालन भएको थियो ।

‘इम्पावारिङ द फ्युचर: इन्नोभेसन, कनेक्टिभिटी एण्ड सस्टेनवलिटी’ मुख्य विषयमा केन्द्रित हुने कन्क्लेभमा विभिन्न ३ किनोट प्रस्तुतिसँगै ७ लाइटिनिङ प्रस्तुती र ७ थिममा १० प्यानल संवाद सञ्चालन गरिएको बताइएको छ । कन्क्लेभमा राष्ट्रिय र अन्तर्रास्ट्रिय स्तरबाट विज्ञ वक्ताको रुपमा ४० बढी सहभागी भएका थिए ।

२ दिनसम्म सञ्चालन भएको कन्क्लेभमा डिजिटल कर्णालीको हालको अवस्था, अवसर, सम्भावना र चुनौतीका विषयमा वृहत छलफल गरिएको छ । कार्यक्रममा भएको छलफल र अन्तर्क्रियाबाट आएको निष्कर्षले कर्णाली प्रदेशको डिजिटल मार्गचित्र कोर्न सघाउने विश्वास व्यक्त गरिएको छ ।

कन्क्लेभमा प्रमुख अतिथिको रूपमा सञ्चार तथा सूचना कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको उपस्थिति रहेको थियो । कार्यक्रममा मुख्यमन्त्रीसहित प्रतिनिधि सभा सदस्य, पूर्व मुख्यमन्त्री, मन्त्री, प्रदेशका मन्त्रीहरू, प्रदेश सभा सदस्य, स्थानीय सरकारका प्रतिनिधिहरु, सरकारी उच्च अधिकारी, जनप्रतिनिधि, विज्ञ, सरोकारवालाहरू लगायत ४०० बढीको सहभागीता रहेको थियो ।

२ दिनसम्म चलेको कन्क्लेभमा कार्यक्रमको पहिलो दिन डिजिटल पूर्वाधार र कनेक्टिभिटी, डिजिटल शिक्षा, डिजिटल अर्थतन्त्र र फिनटेक, डिजिटल नेतृत्व, राजनीतिक प्रतिबद्धता र नीतिका विषयमा प्रस्तुती र प्यानल छलफल भएको थियो ।
त्यसैगरी दोस्रो दिन ७ बढी कर्णालीका डिजिटल इनिसीएटिभ्सहरूको प्रस्तुतीसँगै टेलिमेडिसिन र डिजिटल हेल्थ, जनशक्ति, सीप विकास र रोजगारी, साइबर सुरक्षा, दिगो विकासमा प्रविधि र इन्नोभेसन, कृषिमा प्रविधि र ई-कमर्स तथा डिजिटल कर्णालीको वे फरवार्ड लगायतका विषयमा प्रस्तुती र प्यानल छलफल भएको थियो ।

कन्क्लेभका प्रमुख अतिथि तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले २ दिनसम्म भएको छलफलबाट सरकारलाई डिजिटल कर्णालीको आगामी मार्गचित्र कोर्न फलदायी हुने बताए ।

‘कर्णालीका लागि डिजिटल प्रविधि महत्त्वपूर्ण छ । त्यसलाई उपयोग गर्न हामीले गर्नुपर्ने काम धेरै छ,’ उनले भने, ‘त्यसैले डिजिटल कर्णाली कन्क्लेभमा भएको विज्ञहरुसहितको बहस, छलफल तथा प्रस्तुतिले प्रदेश सरकारलाई सूचना प्रविधिको क्षेत्रमा आगामी मार्ग कोर्न मद्दत गर्नेछ । यसमा तीनै तहका सरकारले सहकार्य गर्नुपर्छ ।’

त्यसैगरी कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कर्णाली प्रदेश सभा संसदीय दलका नेता जीवन बहादुर शाहीले डिजिटल प्रविधिले डिजिटल कर्णाली कन्क्लेभले डिजिटल कर्णाली बनाउन झक्झकाइ रहेको बताउँदै डिजिटलाइजको क्षेत्रमा कर्णालीलाई उदाहरणको रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।

यसैगरी प्रतिनिधि सभा सदस्य तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली जस्तो विकट ठाउँमा सूचना प्रविधिको महत्त्व धेरै भएको बताउँदै त्यसको राजमार्गको रूपमा रहेको डिजिटल पूर्वाधार विकास र गुणस्तरमा ध्यान दिनुपर्ने बताए ।

यस्तै कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पुष्पराज शाहीले कर्णाली प्रदेश डिजिटल कर्णालीको नयाँ बोटामा हिड्न खोजेको भन्दै देखिएका चुनौतीहरू समाधान गर्दै सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

त्यसैगरी आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले डिजिटल प्रविधिलाई प्राथमिकता राखेर अगाडि बढे कर्णाली प्रदेश साच्चै सम्वृद्ध बन्ने विश्वास व्यक्त गरेका छन् ।

डिजिटल कर्णालीका लागि प्रदेश सरकारले डिजिटल पूर्वाधार, नीति निर्माण र डिजिटल गभर्नेन्समा काम गरेमा बाँकी काम निजी क्षेत्रले गर्न सक्ने उनको भनाइ छ ।

कार्यक्रमममा डिजिटल कर्णालीको मार्गचित्र बारेमा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगी, कर्णालीमा डिजिटल डिजिटल रूपान्तरणको भविष्य विषयमा आइसिटी विज्ञ मनोहर भट्टराई र डिजिटल रूपान्तरणका बारेमा ईगभर्नेन्स बोर्डका सह-सचिव सुवास ढकालले किनोट प्रस्तुती दिएका थिए ।

कन्क्लेभको विभिन्न सेसनमा कर्णाली भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाह, कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, नेकपा माओवादीका प्रमुख सचेतक कृष्णबहादुर जीसी, नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाई, नेकपा समाजवादीकी प्रमुख सचेतक कल्याणी खड्का, नेपाल टेलिकममा प्रमुख सञ्चालन अधिकृत डिल्लीराम अधिकारी, नेपाल विद्युत प्राधिकरणका कर्णाली प्रदेश प्रमुख जितेन्द्र कुमार झा, वर्ल्डलिंकका सीईओ केशव नेपाल, एभरेष्ट नेटका सीईओ धर्मराज खड्का, नेपाल टेलिकम कर्णाली प्रदेश प्रमुख कमल लामिछाने, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. धुर्व कुमार गौतम, सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सचिव अर्जुन गौतम, आदर्श मावीका प्राचार्य दुर्गा प्रसाद गौतम र निमा एकेडेमीकी एकेडेमी एण्ड डिजिटल रूपान्तरण प्रमुख जानकी शर्मा वक्ताको रूपमा रहेका थिए ।

यस्तै कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, पूर्व मन्त्री गणेश शाह, स्कुल अफ इन्जिनियरिङका केयुका डीन प्रा.डा. मनिष पोखरेल, खल्तीका सहसंस्थापक अमित अग्रवाल, कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रविलाल शर्मा, क्यान महासंघका सचिव राम रावल, एमिनेन्स वेजका प्रबन्ध निर्देशक नारायण कोइरालाको, नास आईटीका संस्थापक अध्यक्ष रिचन श्रेष्ठ, युनिसेफ कर्णालीकी स्वास्थ्य अधिकृत विन्दु पन्थी, कर्णाली प्रदेश योजना आयोगका सदस्य डम्मर बहादुर रावल, एआई विज्ञ डा. दोभाइ राई, द एशिया फाउन्डेसनका प्रणय स्थापित, नेपाल खुला विश्वविद्यालयका डा. भोजराज घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाहीको वक्ताको रूपमा उपस्थिति थियो ।

साथै राष्ट्रिय आविष्कार केन्द्रका प्रविधि प्रमुख सञ्जय पौडेल, डा. नवराज केसी, विर्ख बहादुर शाही, नेपाल टेलिमेडिसिन समाजका अध्यक्ष डा. उदय कोइराला, फिजिसियन डा. अमुल सिंह, विश्व स्वास्थ्य संगठन कर्णाली प्रदेशका प्रदिप अधिकारी, कनेक्ट किसानका सहसंस्थापक राजन दाहाल, बायो कर्णाली अरोमाका राजेन्द्र विष्ट, कर्णाली भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता बखत बहादुर खड्का, सिन्जा गाउँपालिकाका अध्यक्ष पूर्ण धिताल, अर्गानिक भ्यालीका प्रबन्ध निर्देशक समीर नेवा, वर्ल्डलिंकका आशिष सिग्देल, ई. प्रविण चौहान, हेमपाल श्रेष्ठ, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा, कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्र यादव, शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारी, विश्व खाद्य संघका कर्णाली प्रदेश संयोजक पूर्ण नेपाली लगायत वक्ता तथा प्रस्तुतकर्ताको रूपमा रहेका थिए ।
कन्क्लेभको अन्तिम दिन वैशाख १० गते बुधबार कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यक्रमको छलफलबाट आएका निष्कर्ष र विषयहरूलाई कार्यान्वयन तिर लैजाने तथा आगामी नीति तथा कार्यक्रमहरूमा समावेश गर्ने प्रतिबद्धता समेत जनाएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आगामी टि २० क्रिकेट विश्वकपको लागि छनौट भयो नेपाल

नेपालले आगामी टि २० विश्वकपमा स्थान पक्का गरेको छ...

पूर्वसभामुख महरालाई सुन्धारा जेल पठाईयो

पूर्वसभामुख कृष्ण बहादुर महरालाई सुन्धारा कारागार पठाईएको छ। जिल्ला...

कामना सेवाले ल्यायो नेपालकै पहिलो Door Step Banking सेवा, यस्ता छन् विशेषता

कामना सेवा विकास बैंक लिमिटेडले विशिष्ट वचत खाता अन्तर्गत...

बोनसको विषयलाई लिएर नेप्सेका कर्मचारी २३ दिनदेखि आन्दोलित

नेपाल स्टक एक्सचेन्ज नेप्सेका कर्मचारी २३ दिनदेखि आन्दोलनमा रहेका...

प्रतिस्पर्धी पिपिए दर तय गर्न मन्त्री घिसिङको आग्रह

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र...

एन आई सी एशिया बैंकका ग्राहकलाई एशियन बुद्ध होटलमा सेवा लिँदा विशेष छुट

एन आई सी एशिया बैंकका ग्राहकलाई एशियन बुद्ध होटलमा...
spot_img
spot_img
spot_img
spot_img