Friday, July 17, 2026
spot_img

प्रमाण पेश गरेरै डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाइन्छः कार्यकारी निर्देशक शाक्य

spot_img

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महशुल सम्बन्धि विवाद समाधान गर्ने बताएका छन् । बिजनेश पानासँगको कुराकानीमा उनले सरकारले आफूले गठन गरेको उच्चस्तरीय आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने भनिसकेकाले यो विवाद अब समाधान उन्मुख रहेको दाबी गरेका हुन् ।

उद्योगीहरुले टाइम अफ डे (टीओडी) मिटरको तथ्यांक देखाएको खण्डमा आफूहरु पैसा तिर्न तयार रहेको बताइरहेको भन्दै उनले टीओडी मिटरको तथ्याङ्क नभएको खण्डमा अरु प्रमाण पेश गरेर भएपनि बक्यौता अशुल गरिने बताए ।

‘उद्योगीहरुले टीओडी मिटरको तथ्याङ्क देखाउनु भन्नुभएको छ, यो रहेनछ भनेपनि अन्य प्रमाण हुन्छन् । ति प्रमाण देखाएर बिल गर्ने हो’ कार्यकारी निर्देशक शाक्यले भने, ‘त्यो काम सुरुवात गर्न पनि उद्योगीहरु पुनरावेदनमा आउनुपर्छ । पुनरावेदनमा आउन लागि उद्योगीहरुलाई सहज हुने गरी धरौटी पनि ५ प्रतिशतमा सिमित गरिएको छ ।’

उनले उद्योगीहरुलाई चित्तबुझ्दो प्रमाण देखाएर बक्यौता अशुल गरिने बताउँदै पुनरावेदनका लागि धरौटी पनि घटाइएकाले उद्योगीहरु पुनरावेदनमा आउने विश्वास पनि व्यक्त गरेका छन् । ‘उहाँहरु पुनरावेदनमा आउन पनि उहाँहरु इच्छुक नै देखिनु भएको छ । आइसक्नु भएको चाहिँ छैन, तर उहाँहरु आउनु हुन्छ भन्ने विश्वास छ । किनकी, यसलाई पन्छाइराख्ने, गिजोलिराख्ने गर्दा कसैलाई पनि राम्रो हुँदैन’ शाक्यले भने ।

उद्योगीहरुबाट करिब २२ अर्ब रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको प्राधिकरणको हिसाब छ । प्राधिकरणले यस विवादमा उद्योगीहरुले माग गरे अनुसारको प्रमाण पेश गर्न नसकेपछि विषय वर्षौदेखि गिजोलिएको छ । यसकारण विवाद समाधान गर्न सरकारले सवोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा उच्चस्तरीय आयोग बनाएको थियो । आयोगले आवश्यक प्रमाण देखाएर २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता उठाउन सकिने अवस्था रहेको जनाएको थियो ।

त्यसपछि मन्त्रिपरिषदले नै लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । तर, प्राधिकरणले आवश्यक प्रमाण देखाउन नसक्दा विषय पेचिलो बन्दै गएको छ । तर, शाक्यले भने मन्त्रिपरिषदको निर्णय अनुसार लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निकाय प्राधिकरण नै भएको बताउँदै बक्यौता उठाइने बताएका छन् ।

‘सरकारले उच्चस्तरीय आयोग बनाएर त्यस आयोगको सिफारिस कार्यान्वयन गर्नु भनिसकेको अवस्था छ, मन्त्रिपरिषदले नै लाल आयोगको सिफारिस बमोजिम र उसले भने अनुसारका आधार र प्रमाण पुर्‍याएर त्यस बमोजिम बक्यौता उठाउनु भनिसकेको हुनाले अब प्राधिकरणले आवश्यक प्रमाणका आधारमा पैसा उठाउँछ’ कार्यकारी निर्देशक शाक्यले भनेका छन् ।

यो पनि : सर्वसाधारण जनताको घरमा लोडसेडिङ गर्ने कुरा सोच्न पनि सकिँदैन (अन्तरर्वार्ता)

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

४०५ स्थानीय तहमा आजबाट जग्गाको कित्ताकाट रोकियो

जग्गाको वर्गीकरण सम्पन्न नगरेका देशभरका स्थानीय तहमा जग्गाको कित्ताकाट...

निर्धन उत्थान लघुवित्तको सीइओमा नारायण बहादुर कार्की नियुक्त

निर्धन उत्थान लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा नारायण बहादुर कार्की...

तत्काल निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा सहभागी गराउनुपर्छ : निवर्तमान अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले प्रसारण...

उर्जा मात्र नभई सबै क्षेत्रको पूर्वाधार विकासको लागि वन ऐन संशोधन हुनै पर्छ: अध्यक्ष डाँगी

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन...

अझै पनि ६० प्रतिशतभन्दा बढी उद्योगहरू जेनेरेटर प्रयोग गर्न बाध्य छन् : अध्यक्ष पाण्डे

नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले मुलुकमा विद्युत उत्पादन...

नाइमा अध्यक्षलाई प्रश्नः गाडी आयात मात्रै गर्ने कि देशभित्रै उत्पादन पनि सुरु गर्ने ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले दोस्रो संस्करणको...
spot_img