Sunday, May 25, 2025
spot_img

रेडमी ए५ नेपालमा सार्वजनिक, मूल्य कति ?

spot_img
spot_img

शाओमीले नेपालमा रेडमी ए५ सार्वजनिक गरेको छ । रेडमी ए५ स्मार्टफोन स्पष्ट फोटो, लामो ब्याट्री लाइफ, सहज संचालन र आकर्षक डिजाइनले चर्चित रहेको छ ।

“खुसिको ग्यारेन्टी, २ वर्ष वारेन्टी” ट्यागलाइन सहित आएको यस रेडमी ए५ मा २ वर्षको वारेन्टी छ । उच्च गुणस्तरको ३२ मेगापिक्सेल डुअल क्यामेरा सिस्टम, १२० हर्ज रिफ्रेस रेटका साथ ६.८८ इन्चको ठूलो डिस्प्ले, लामो समयसम्म चल्ने ५२०० एमएएच ब्याट्री र प्रयोगकर्ताहरूलाई पूर्ण स्मार्टफोनको अनुभव दिलाउन शक्तिशाली अक्टा–कोर प्रोसेसरलाई रेडमी ए५ ले संयोजन गरेको छ । नाइट फोटोग्राफी, आई कम्फर्ट डिस्प्ले, स्लीक डिजाइन, डायनामिक मेमोरी विस्तार र टिकाउ निर्माण जस्ता सुविधाहरू सहित, रेडमी ए५ लाई किफायती मूल्यमा उत्कृष्ट प्रदर्शन प्रदान गर्दै प्रयोगकर्ताहरूको दैनिक आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको हो ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले भने, “नेपालमा रेडमी ए५ प्रस्तुत गर्न पाउँदा हामीलाई गर्व लागेको छ । यो स्मार्टफोन सबैको पहुँचयोग्य मूल्यमा स्टाइलिश डिजाइन, सहज कार्यसम्पादन र भरपर्दो फोटोग्राफी सुविधाहरू सहित आएको छ । ३२ मेगापिक्सेलको क्यामरा, ठूलो र उज्यालो १२० हर्ज डिस्प्ले र लामो समयसम्म टिक्ने ब्याट्रीसहित, रेडमी ए५ हाम्रा प्रयोगकर्ताहरूको दैनिक आवश्यकताहरू पूरा गर्न बनाइएको हो ।“

एआई डुअल क्यामेरासँग स्पष्ट फोटोहरू

शक्तिशाली ३२ मेगापिक्सेल एआई डुअल रियर क्यामेरा सहित, रेडमी ए५ ले सजिलैसँग स्पष्ट र विस्तृत फोटोहरू खिच्छ । पोट्र्रेट वा ल्यान्डस्केप, जस्तो फोटो भएनी, यसको स्मार्ट क्यामरा प्रणालीले प्रत्येक शटलाई उत्कृष्ट बनाउँछ। साथै यसमा भएको नयाँ स्टाइलिश क्यामरा वाटरमार्कले फोटोहरु अझै आकर्षक बनाउँछ ।

चम्किने फ्रन्ट क्यामेरा

सेल्फी प्रेमीहरूका लागि, ८ मेगापिक्सेल फ्रन्ट क्यामेराले सधैं पर्फेक्ट शट दिन्छ । चाहे भिडियो कल वा सेल्फ–पोट्र्रेट, यसमा समावेश भएको फिल लाइटले अँध्यारो वातावरणमा समेत अनुहारलाई उज्यालो देखाई हरेक शटको गुणस्तर उत्कृष्ट रहन्छ ।

इमर्सिभ डिस्प्ले अनुभव

६.८८ इन्च उच्च रिफ्रेश रेट डिस्प्ले, १२० हर्ज अडाप्टिभ सिंक रिफ्रेश रेट र २४० हर्ज टच स्याम्पलिङ रेट र ठूलो स्क्रिन भएकोले पढ्न वा भिडियो हेर्नको लागि यो स्मार्टफोन धेरै उपयुक्त छ ।

स्टाइलिश र आकर्षक डिजाइन

यसको फ्ल्याट फ्रेम र उन्नत क्यामेरा डिजाइनका साथ, रेडमी ए५ ले फ्रेस र आधुनिक लुक प्रदान गर्दछ। ८.२६ मी मी पातलो र १९३ ग्राम हलुका भएकोले यो प्रयोग गर्न धेरै सजिलो छ, र यो फोन ओसन ब्लू, स्यान्डी गोल्ड, र मिडनाइट ब्ल्याक – चार सुन्दर रंगहरूमा उपलब्ध छ ।

लामो प्रयोगका लागि शक्तिशाली ब्याट्री

रेडमी ए५ को ५२०० एमएएच ब्याट्रीले १.४५ दिनसम्मको प्रयोग र एकल चार्जमा २०.७ घण्टासम्म भिडियो प्लेब्याक वा १४.२४ घण्टासम्म स्क्रिन टाइम दिन्छ । साथै १५ वाट फास्ट चार्जिङले तपाईं छिटो फोन प्रयोग गर्न सक्नुहुन्छ।

अक्टा–कोर पावरसँग सहज प्रदर्शन

यसमा युनिसोक टी७२५० ओक्टा–कोर प्रोसेसर भएकोले कम बिजुली खर्च हुन्छ र यसमा ८ जीबी सम्मको ¥याम बढाउन सकिन्छ, जसले गर्दा एपहरू र खेलहरू सजिलै चल्छन्। रेडमी ए५ को स्कोर एन्टुटु बेन्चमार्कमा २६०,००० भन्दा बढी छ, जसले दैनिक कार्यहरूका लागि यसको उत्कृष्ट प्रदर्शनलाई पुष्टि गर्दछ ।

टिकाउ र विश्वसनीय

शाओमीको उच्च मापदण्डहरूमा निर्मित, रेडमी ए ५ले परीक्षणहरू पास गरेको छ जसमा ३०० रोलर परीक्षण, १०,००० युयसबी परीक्षण, र ५,००० हेडफोन ज्याक परीक्षणहरू समावेश छन् र यसमा हलुका र छिटो अनुभवका लागि एन्ड्रोइड १५ (गो ईडिसन) मा पनि चल्छ ।

मूल्य र उपलब्धता

रेडमी ए५ ओसन ब्लू,स्यान्डी गोल्ड र मिडनाइट ब्ल्याक रंगहरूमा ३+६४ जिबी र ४+१२८ जिबी स्टोरेजमा उपलब्ध छ ।
रेडमी ए ५ को मूल्य ३+६४ जिबी र ४+१२८ जिबी स्टोरेजका लागि क्रमशः रु.१०,९९९ र ११,९९९ छ ।

रेडमी ए ५ सम्पूर्ण आधिकारिक एमआई स्टोरहरू र देशभरका शाओमी रिटेलरहरूमा उपलब्ध हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img