Saturday, November 15, 2025
spot_img

१० वटा ब्रोकरको लगानी रहेको नेपाल डिपिद्वारा लुम्बिनी लायन्सलाई प्रायोजन 

spot_img

१० स्टक ब्रोकिङ्ग कम्पनीहरूले प्रवद्र्धन गरेको पब्लिक कम्पनी नेपाल डिपि लिमिटेडले नेपाल प्रिमियर लिगको टिम लुम्बिनी लायन्स फ्रेंचाइजसँग साझेदारी गरेको छ । साझेदारी अनुसार निक्षेप सदस्यको रुपमा रहेको नेपाल डिपि लिमिटेड लुम्बिनी लायन्सको आधिकारिक क्यापिटल मार्केट पार्टनर हुनेछ ।

सम्झौतामा नेपाल डिपि लिमिटेडका प्रमख कार्यकारी अधिकृत अञ्जन राज पौड्याल र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राज जंग थापाले हस्ताक्षर गरेका छन् । नेपाल डिपि लिमिटेडका अनुसार प्रायोजनको उद्देश्य नेपाली क्रिकेटलाई प्रवद्र्धन गर्नुका साथै विशेष गरी युवा पुस्ता एवं नेपाली जनमानसमा क्यापिटल मार्केटको बारेमा जनचेतना सिर्जना गर्नु हो । नेपाल डिपि लिमिटेडले यसको प्रवद्र्धक स्टक ब्रोकिङ्ग कम्पनीहरूको सहयोगमा एक वित्तीय साक्षरता छलफल कार्यक्रम पनि आयोजना गर्नेछ । कम्पनीले नेपाल प्रिमियर लिग अवधिमा आफ्ना सेवाहरुमा विशेष योजनाहरु पनि घोषणा गर्नेछ ।

लुम्बिनी लायन्स फ्रेंचाइजको नेतृत्व नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले गर्दैछन्। फ्रेंचाइजको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय खेलाडी आईपीएल विजेताका बेन कटिङ, भारतबाट यु १९ वल्र्डकप जितिसकेका उन्मुक्त चन्द सहित साद बिन जाफर, इंगल्याण्डका टम मुअर्स र वेस्ट इन्डिजका रेयमन्ड सिमन्स टिममा छन् । सन्दीप जोरा, विवेक यादव र सूर्या तामाङ राष्ट्रिय स्टारहरू हुन्।

नेपाल प्रिमियर लिगमा आठ फ्रेंचाइजहरूमा सहभागी हुनेछन् र लुम्बिनी लायन्सले २०८१ मंसिर १९ मा विराटनगर किङ्ससँग पहिलो खेल खेल्नेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img