Tuesday, August 18, 2026
spot_img

१० वटा ब्रोकरको लगानी रहेको नेपाल डिपिद्वारा लुम्बिनी लायन्सलाई प्रायोजन 

spot_img

१० स्टक ब्रोकिङ्ग कम्पनीहरूले प्रवद्र्धन गरेको पब्लिक कम्पनी नेपाल डिपि लिमिटेडले नेपाल प्रिमियर लिगको टिम लुम्बिनी लायन्स फ्रेंचाइजसँग साझेदारी गरेको छ । साझेदारी अनुसार निक्षेप सदस्यको रुपमा रहेको नेपाल डिपि लिमिटेड लुम्बिनी लायन्सको आधिकारिक क्यापिटल मार्केट पार्टनर हुनेछ ।

सम्झौतामा नेपाल डिपि लिमिटेडका प्रमख कार्यकारी अधिकृत अञ्जन राज पौड्याल र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राज जंग थापाले हस्ताक्षर गरेका छन् । नेपाल डिपि लिमिटेडका अनुसार प्रायोजनको उद्देश्य नेपाली क्रिकेटलाई प्रवद्र्धन गर्नुका साथै विशेष गरी युवा पुस्ता एवं नेपाली जनमानसमा क्यापिटल मार्केटको बारेमा जनचेतना सिर्जना गर्नु हो । नेपाल डिपि लिमिटेडले यसको प्रवद्र्धक स्टक ब्रोकिङ्ग कम्पनीहरूको सहयोगमा एक वित्तीय साक्षरता छलफल कार्यक्रम पनि आयोजना गर्नेछ । कम्पनीले नेपाल प्रिमियर लिग अवधिमा आफ्ना सेवाहरुमा विशेष योजनाहरु पनि घोषणा गर्नेछ ।

लुम्बिनी लायन्स फ्रेंचाइजको नेतृत्व नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले गर्दैछन्। फ्रेंचाइजको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय खेलाडी आईपीएल विजेताका बेन कटिङ, भारतबाट यु १९ वल्र्डकप जितिसकेका उन्मुक्त चन्द सहित साद बिन जाफर, इंगल्याण्डका टम मुअर्स र वेस्ट इन्डिजका रेयमन्ड सिमन्स टिममा छन् । सन्दीप जोरा, विवेक यादव र सूर्या तामाङ राष्ट्रिय स्टारहरू हुन्।

नेपाल प्रिमियर लिगमा आठ फ्रेंचाइजहरूमा सहभागी हुनेछन् र लुम्बिनी लायन्सले २०८१ मंसिर १९ मा विराटनगर किङ्ससँग पहिलो खेल खेल्नेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन भएका...

जापानमा HiLife का नेपाली उत्पादनको शुभारम्भ

नेपालमा उत्पादित HiLife Foods and Agro Industries Limited का...

विश्वकै पहिलो रोबोटिक स्मार्टफोन सार्वजनिक, 4DoF मेकानिकल गिम्बल

विश्वकै अग्रणी AI डिभाइस इकोसिस्टम कम्पनी HONOR ले बहुप्रतीक्षित...

भदौ ९ देखि नाडा अटो शो हुँदै: २०० बढी स्टल रहने, २ लाखले अवलोकन गर्ने अनुमान

नाडा अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो २०२६...

इन्डोनेसियाको ८१औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तोलन

नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालयले आइएमई...

करदाता प्रोत्साहन कार्यक्रम: आज पुरस्कार घोषणा हुँदै, यस अघि जितेकाले आजै पैसा पाउने

करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज...
spot_img