Saturday, November 15, 2025
spot_img

भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा गौतम गम्भीर नियुक्त

spot_img

भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा गौतम गम्भीर नियुक्त भएका छन् ।  भारतीय क्रिकेट बोर्ड बिसीसीआईका सचिव जय शाहले गम्भीरलाई भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएका हुन् ।

गम्भीर भारतीय क्रिकेट टिम कै पूर्व खेलाडी हुन् । उनी ओपनर ब्याट्सम्यान थिए । सन् २०११ मा भारतले दोस्रो पटक एक दिवशीय क्रिकेट विश्वकपको उपाधि जित्दा उनले ९७ रनको योगदान गरेका थिए । फाइनल खेलमा उनको ९७ रन उच्चतम स्कोर थियो । सन् २००७ मा भारतले टि २० विश्व जित्दा पनि उनले सर्वाधिक ७५ रनको योगदान दिएका थिए ।

उनकै कप्तानीमा कोलकाता नाइट राइडर्सले सन् २०१२ र २०१४ को आईपीएलको उपाधि जितेको थियो । सन् २०२४ मा कोलकाता नाइट राइडर्सले आईपीएलको उपाधि जित्दा उनी टिमको मेन्टर थिए । ४२ वर्षीय गम्भीर साढे ३ वर्ष मुख्य प्रशिक्षक रहने छन् । यद्यपि उनीसँग आईपीएल टिम बाहेक कुनै पनि राष्ट्रिय टिमलाई प्रशिक्षकण दिएको अनुभव छैन ।

यस अघि राहुल द्राभिड टिमको मुख्य प्रशिक्षक थिए। उनको कार्यकाल टि २० विश्वकपसम्म मात्र थियो । उनकै नेतृत्वमा भारतले टि २० विश्वकप जितेको हो ।

 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img