Thursday, April 23, 2026
spot_img
spot_img

६० लाखसम्म रेन्जका गाडीमध्ये MG S5 पहिलोपटक ‘रियर ह्वील ड्राइभ’मा आउँदैछ (अन्तरवार्ता)

spot_img
spot_img

नेपालमा एमजी गाडीको आधिकारिक बिक्रेता पारामाउण्ट मोटर्सले एमजीको बहुप्रतिक्षित विद्युतीय एसयुभी एस–५ नेपाल ल्याउँदैछ । कम्पनीका अनुसार एस–५ भन्सार नाकामा आइपुगेको छ । नाकाबाट केही दिनमै गाडी नेपाल आइपुग्ने बताइएको छ ।

शोरुममा गाडी आइपुग्नासाथ बुकिङ खुलाउने तयारीमा पारामाउण्ट मोटर्स छ । ‘प्योर इलेक्ट्रिक प्लेटफर्म’मा निर्माण भएको ‘एस–५’लाई लिएर कम्पनी निकै आशावादी पनि देखिएको छ । नेपालमा ‘ईभी कल्चर’को जग बसाएको दाबी गर्ने एमजीले एस ५ लाई ‘एडभान्स सुपेरियर फिचर्स’द्वारा सुसज्जित रहेको दाबी गरेको छ ।

निकै प्रतिक्षा गरिएको एस ५ कहिलेसम्म आइपुग्ला ? यसका विशेषता के कस्ता छन् ? मूल्य के कति कायम रहला ? भन्ने विषयमा केन्द्रित रहेर बिजनेश पानाले पारामाउण्ट मोटर्सका जनरल म्यानेजर सुनिल क्षेत्रीसँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

भन्सार नाकामा आइपुग्यो भनिएको एमजीको बहुप्रतिक्षित विद्युतीय एसयुभी एस–५ कहिलेसम्म शोरुममा आइपुग्ला ?
स्याम्पल युनिट भन्सारमा आइपुगेको छ । हिउँ परेको कारणले त्यहाँबाट आउन केहि दिन ढिलो हुन गएपनि आउँदो हप्तासम्म गाडी आइपुग्छ । हामीले गाडी आइसकेपछि मार्चको पहिलो हप्ताभित्र लन्च गर्ने तयारी गरेका छौँ । मार्चको ६ तारिख, ७ तारिख तिर लन्च गर्ने तयारी छ ।

यो गाडीको फिचर्समा मान्छेहरुको चासो छ, यसका विशेषता के कस्ता छन् ?
एस–५ प्योर इलेक्ट्रिक प्लेटफर्ममा बनेको गाडी हो । प्राविधिक भाषामा भन्नुपर्दा modular scalable platform (एमएसपी प्लेटफर्म) भन्ने गरिन्छ । प्रविधिका हिसाबले एस–५ लाई कनेक्टटेड–इन्टेलिजेन्ट गाडी पनि भन्छौँ । मुख्य कुरा, ५० देखि ६० लाखको रेन्जका गाडीहरुमा यो गाडी निकै एडभान्स गाडी छ । यो रेन्जका अन्य प्रायः सबै गाडीहरु ‘फ्रन्ट ह्वील ड्राइभ’ छन्, एस–५ चाहिँ पहिलोपटक ‘रियर ह्वील ड्राइभ’मा आउँदैछ । ‘रियर ह्वील ड्राइभ’का गाडीको ड्राइभिङ डायनामिक एकदमै राम्रो हुन्छ । यो कुरा चलाएर हेरेपछि अनुभूति हुन्छ ।

यसको मोटर पछाडीको चक्कामा हुन्छ । सजिलो उदाहरण दिनुपर्दा, उकालोमा कुनै चिज तान्नुभन्दा ठेल्नु सजिलो हुन्छ । यो गाडीमा पनि पछाडीको चक्कामा पावर लाग्ने भएकाले उकालोमा चार वटै चक्कामा एकैपटक समान पावर लाग्छ । जसका कारण उकालोमा गाडी नतान्ने र चक्का घुम्ने समस्या हुँदैन । नेपालको बाटोघाटो उकालो, अफरोड खालको बढी हुने भएकाले यो गाडी यस्तो सडकमा पनि मजाले हिड्न सक्छ ।

अर्को कुरा, यो रेन्जको गाडीमा हरेक चक्कामा इन्डिपेन्डेन्ट सस्पेन्सन पनि पहिलोपटक प्रयोग भएको छ । यसमा भएको इन्डिपेन्डेन्ट सस्पेन्सनले खाल्डाखुल्डीमा पनि गाडीलाई स्टेबल बनाएर ब्यालेन्स राख्न मद्दत गर्छ र जसका कारण ड्राइभिङ कन्फर्ट हुन जान्छ ।

यसको २ भेरियन्टमा १७ र १८ इन्चको टायर छ । १७ इन्चको टायरमा १७५ एमएम ग्राउण्ड क्लियरेन्स छ भने १८ इन्चको टायरमा १८० एमएम ग्राउण्ड क्लियरेन्स छ ।

अर्को कुरा चाहिँ हामीले यस गाडीलाई इन्टेलिजेन्ट र कनेक्टटेड भनेका छौँ । इन्टेलिजेन्स यसकारण भनिरहेका छौँ कि, कुनै कारणबस ड्राइभर निदायो वा थाक्यो भने सेन्सरले सेन्स गरेर ‘आर्लाम’ लगाइदिन्छ ।

कनेक्टटेड किन भन्छौँ भने, यसको टच स्क्रिनमै युट्युब, टिकटक, च्याट जीपीटी र स्पोर्टीफाइ गरेर ४ वटा एप हुन्छ । यी एपहरु स्वतः अपडेट पनि हुन्छन् । साथै, प्रतिमहिना ५ सय एमबी डेटा पनि उपलब्ध हुन्छ । समग्रमा, प्योर ईभी प्लेटफर्ममा बनेको यस एसयूभी भित्र बस्दा सुरक्षा, लक्जरियस र मनोरञ्जन प्राप्त हुन्छ ।

तपाईहरुले गाडी ल्याउने समयमै अरु पनि ब्राण्डका नयाँ भेरियन्ट आउँदैछन् । उपभोक्ताले एस–५ नै किन रोज्ने ?
बजारमा प्रतिस्पर्धा भनेको भइ नै रहन्छ, प्रतिस्पर्धा हुनु पनि पर्दछ । हामीले ५० किलोवाट ब्याट्री प्याकको सेग्मेन्ट हेर्छौँ, यो सेग्मेन्टमा धेरै ठूलो प्रतिस्पर्धा छ । अहिले विभिन्न ब्राण्डका नयाँ भेरियन्टहरु पनि यो सेग्मेन्टमा थपिँदैछन् ।

अब, एमजी एस–५ नै किन त ? यो प्रश्न स्वभाविक रुपमा आउन सक्छ । एमजी भनेको इतिहास बोकेको, विरासत बोकेको कम्पनी हो । केही महिना अगाडी मात्रै १०० वर्षको उत्सव बनायौँ । यो कुनै स्टार्टअप कम्पनी होइन । उपभोक्ताहरुले यो कुरा एकदमै बुझ्नु भएको छ, यसकारण एमजीप्रति उपभोक्ताको विश्वास छ । अर्को कुरा, एमजीले जति पनि प्रोडक्ट ल्याएको छ, ति सबैको विकास, डिजाइन र सुरक्षामा कुनै सम्झौता गर्दैन । सबै प्रोडक्ट ‘प्रुभल प्रोडक्ट’हरु हुन् ।

सँगै, एस–५ चीन बाहिर पहिलोपटक नेपालमा आउँदैछ । युरोप, अष्ट्रेलिया, यूके लगायतका देशमा ठूलो माग हुँदाहुँदै पनि चीनबाहिर पहिलोपटक हामी ल्याउँदैछौँ । यो हाम्रो लागि खुशीको कुरा पनि हो । साथै, उपभोक्ताहरुले बिक्री पछिको सेवा पनि हेरेर निर्णय लिनुपर्छ । बिक्री पछिको सेवाका लागि हामीसँग पर्याप्त दक्ष जनशक्ति हुनुहुन्छ । नेपालमा मास सेलिङमा ईभीको बिक्री सुरु गर्ने कम्पनी भएको हुनाले हामीले उत्पादन गरेका जनशक्ति ईभीको मर्मतसम्भारका लागि दक्ष छन् ।

सँगै, पार्टसहरुका लागि पनि सहज छ । हामी भारतसँग पनि कनेक्टटेड छौँ । यसकारण नेपाली उपभोक्ताहरुले एमजी एस–५ मजाले टेस्ट ड्राइभ गरेर ढुक्क भएर लिन सक्नुहुन्छ ।

नेपालको ईभीको मास सेलिङ सुरु गरेको एमजीको अहिले बजारमा उपस्थिति अलि खस्किएको हो कि भन्ने पनि सुनिन्छ । अब एस–५ ले मजबुत उपस्थिति देखाउनेमा कम्पनी कत्तिको आशावादी छ ?
हामीले अघि पनि कुरा गर्‍यौँ, एमजी भनेको बिरासत बोकेको कम्पनी हो । यसले प्रोडक्ट ल्याउँदा नै निकै मेहनत गरेर डिजाइनदेखि सुरक्षा सम्मलाई ध्यान दिएर ल्याउँछ ।

नेपाली बजारमा हाम्रो ‘जेडएस’ सफल भयो । एमजी जेडएस हिरो गाडी रह्यो, रहनेछ । जेड एसलाई आइसी प्लेटफर्ममा ईभी बनाइएको थियो । उपभोक्ताले ‘अप–ग्रेड’ चाहने भएकाले उहाँहरु नयाँ भेरियन्टतर्फ आकर्षित हुनु स्वभाविक पनि हो । नेपाली उपभोक्ताहरु नयाँ कुराको अनुभव लिन डराउनु हुन्न । तर, ‘फ्रेस प्रोडक्ट’ आउँदा बजारमा मजबुत उपस्थिति जनाउन सकिँदो रहेछ भन्ने उदाहरण त जेडएस ईभीले देखाइसकेको छ ।

जहाँसम्म एस–५ सँग कम्पनीको आशाको कुरा छ, हामीले निकै ठूलो अपेक्षा गरेका छौँ । यसका विशेषता र कम्पनीको बिरासतका कारण एस–५ नेपाली उपभोक्ताको रोजाइमा पर्ने र मास सेलिङमा गजबको उपस्थिति रहनेमा ढुक्क पनि छौँ ।

बुकिङ कहिले सुरु गर्ने तयारी छ ? नेपाली बजारमा एस–५ को मूल्य के कति तोकिएला ?
हामीले गाडी आएपछि बुकिङ लिने भनिरहेका छौँ । ठ्याक्कै मिति तय भइसकेको छैन, यद्यपी हामी यसबारे छलफल गरिरहेका छौँ ।

एस–५ को मूल्यको कुरा गर्दा चाहिँ ३ भेरियन्ट र विभिन्न ७ वटा कलरमा उपलब्ध हुन्छ । ४९ किलोवाटका २ वटा र ६२ किलोवाटको एउटा भेरियन्ट छ । ४९ किलोवाटका २ भेरियन्टमध्ये एउटाको मूल्य ५० लाखभन्दा तल हुन्छ भने अर्कोको मूल्य ५५ लाखभन्दा तल हुन्छ । ६२ किलोवाटमा उपलब्ध हुने गाडीको मूल्य चाहिँ ६० लाखभन्दा केही तल हुन्छ भन्ने देखिएको छ ।

ब्याट्री वारेन्टी र डिस्पोजको कुरामा कम्पनीहरु ध्यान दिँदैनन् भन्ने आरोप पनि छ । यसमा पारामाउण्ट कत्तिको सचेत छ ?
हामीले जहिल्यै पनि उपभोक्ताको विश्वासलाई नै ध्यान दिएर प्रोडक्ट ल्याउँछौँ, एमजीले बनाउँदा नै यी कुराहरु ध्यान दिन्छ । सामान्यतया, सबै ईभीमा ब्याट्रीको वारेन्टी ८ वर्षको हुन्छ ।

हामीले ब्याट्री बिग्रियो वा फेर्नुपर्ने भयो भने पूरानो ब्याट्रीको पनि केही मूल्य गाडीधनीले प्राप्त गर्न सकुन् भनेर भारतीय कम्पनीसँग सम्झौता नै गरेका छौँ । हाम्रा गाडीको ब्याट्री बिग्रिएर फेर्नुपर्ने अवस्था आएमा पूरानो ब्याट्री भारतको ‘लोहाम’ कम्पनीले लैजान्छ । ब्याट्रीको ‘हेल्थ एण्ड कण्डिशन’ हेरेर गाडीधनीले केही मात्रामा पैसा पनि पाउँछन् । हामीले उपभोक्ताको सहजता र नेपालको वातावरणलाई हेरेर यो सम्झौता गरेका हौँ ।

अन्तिममा, एमजीका सर्भिस नेटवर्कहरु कति छन् ?
चार्जिङ प्वाइन्टको कुरा गर्दा १७ वटा डीसी चार्जर जडान भइसकेको छ । ‘सिस्टर कन्सर्न’सँग मिलेर थप विस्तार गर्दैछौँ ।

डिलर्समै सर्भिस सेन्टर पनि राख्ने हाम्रो नीति अनुरुप हालसम्म हाम्रा १३ वटा डिलर्सहरु सर्भिस सेन्टरसहित तयार भएका छन् । अन्य जुनसुकै ठाउँमा गएर सेवा दिन पनि हाम्रा जनशक्ति तयार छन्, दक्ष र सक्षम छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...
spot_img