Tuesday, June 23, 2026
spot_img

नेपाली वस्तुप्रति अन्तर्राष्ट्रिय समुदायको आकर्षण बढाउन ‘चेम्बर एक्स्पो’ (अन्तरवार्ता)

spot_img
spot_img

निजी क्षेत्रका छाता संगठन मध्येको सबैभन्दा पूरानो संगठन नेपाल चेम्बर अफ कमर्सले हरेक वर्ष ‘नेपाल चेम्बर एक्स्पो’ आयोजना गर्दै आएको छ । चेम्बरका अन्तर्राष्ट्रिय संगठनबाट समेत प्रतिनिधित्व हुने उक्त एक्स्पोको यसपाली ८औँ संस्करण माघ १७ गतेदेखि २१ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ ।

अहिले आर्थिक मन्दीबाट मुलुक क्रमशः सुधारको बाटोमा अघि बढिरहेको बताइन्छ । यस्तो समयमा चेम्बरले आयोजना गर्न लागेको ‘एक्स्पो’बाट अन्तर्राष्ट्रिय ‘बिजनेश कम्युनिटी’मा नेपालमा उत्पादनले बजारीकरणको मौका पाउने चेम्बरको विश्वास छ । यसै विषयमा केन्द्रित रहेर हामीले नेपाल चेम्बर अफ कमर्सका मेला समिति सभापति राष्ट्रभूषण चाकुवाजीसँग कुराकानी गरेका छौँ ।

८औँ संस्करणको चेम्बर एक्स्पोको तयारी कहाँ पुग्यो ?

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा हरेक वर्ष चेम्बर एक्स्पो हुँदै आएको छ । यसपाली ८औँ संकरणको चेम्बर एक्स्पो हुँदैछ । चेम्बरको मेला समिति र सिङ्गो चेम्बर अफ कमर्सको टिम यतिबेला यो मेलाको तयारीमा जुटेको छ ।

माघ १७ देखि २१ गतेसम्म आयोजना हुने एक्स्पोको प्रधानमन्त्रीले उद्घाटन गर्नुहुनेछ । अहिले स्वदेशीसहित विदेशी प्रतिनिधिहरुको सहभागीता कसरी बढाउने भन्नेमा नै हामी केन्द्रित छौँ । स्टल बुकिङ लिने काम भइरहेको छ ।

हामीलाई सरकारको तर्फबाट ‘ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्र’ (टीईपीसी) बाट सहयोग छ । हाम्रो एक्स्पोको साझेदारकै रुपमा टीईपीसी रहँदै आएको छ ।

चेम्बर एक्स्पोमा विदेशी कम्पनी र उत्पादनहरुका स्टलहरु पनि रहन्छन् । यसपाली कुन कुन देशबाट सहभागीता हुँदैछ ?

विगतदेखि नै चेम्बर एक्स्पोमा जापान, कोरिया, थाइल्याण्ड, म्यानमार, चीन, भारत, बंगलादेश, पाकिस्तान, मलेसिया, रसिया लगायतका देशबाट प्रतिनिधित्व हुँदै आएको छ । यसपाली पनि यीनै देशबाट सहभागीता हुनेछ ।

हामीले हरेक वर्ष एउटा देशलाई ‘कन्ट्री पार्टनर्स’का रुपमा प्रस्तुत गर्ने गरेका छौँ । यसपाली बंगलादेशलाई ‘कन्ट्री पार्टनर्स’का रुपमा प्रस्तुत गर्दैछौँ ।

विदेशी स्टल किन राख्नुपर्‍यो भनेर आलोचना पनि हुन्छ । यद्यपी, यो मधुरो स्वरमा मात्रै सुनिन्छ । खासमा चेम्बरले एक्स्पोमा किन विदेशीलाई पनि सहभागी गराउँदै हो ?

विदेशी उत्पादक, सेवा प्रदायक, विदेशस्थित चेम्बर अभियानका तर्फबाट हाम्रो एक्स्पोमा सहभागीता जनाउनु भनेको हाम्रा लागि पनि लाभदायक हुन्छ । विदेशी सहभागी हुनु भनेको हाम्रो लागि सिकाईको अवसर पनि हो, वार्ता छलफलको माध्यम पनि हो । यसले नेपाली उत्पादनको विश्वबजारमा बजारीकरणका लागि पनि सहयोग पुग्छ ।

अर्को कुरा, उनीहरुका उत्पादनको गुणस्तरबारे पनि हामीलाई थाहा हुन्छ । विदेशी उत्पादन विश्व बजारमा पुगिरहेका हुन्छन्, के कस्तो गुणस्तर कायम गर्न सकियो भने विश्व बजारमा वस्तु पठाउन सकिँदो रहेछ भन्ने जानकारी पनि नेपाली उत्पादक र सेवा प्रदायकलाई प्राप्त हुन्छ । यसकारण हामीले हरेक वर्ष सकेसम्म धेरै देशको सहभागीता गराउने प्रयास गर्दै आएका छौँ ।

यसपाली विदेशी कति र स्वदेशी कति स्टल रहन्छन् ?

हामीले स्टल शुल्क पनि स्वदेशी र विदेशीलाई फरक फरक गरेका छौँ । स्वदेशीलाई कम र विदेशीलाई अलिकति बढी शुल्क लिने गरेका छौँ ।

यसपाली हामीले १२५ वटा नेपाली र १०० वटा विदेशी स्टल राख्ने सोच बनाएका छौँ, यसै अनुसार तयारी पनि अघि बढाएका छौँ । तर, आर्थिक मन्दीका कारण खासगरि स्वदेशी उत्पादकहरुमा त्यति उत्साह देखिएको छैन । तैपनि सकेसम्म धेरैलाई सहभागी गराउने प्रयास कायमै छ ।

आर्थिक मन्दीले बजार मागमा शिथिलता ल्याएको बेला एक्स्पो आयोजना गरेर चेम्बरले दिन खोजेको सन्देश के हो ?

अझै पनि सबैतिर आर्थिक मन्दी भन्ने नै छ । यद्यपी, पछिल्लो समय सरकारले केही ऐन कानुनमा सुधार गरेर निजी क्षेत्रमैत्री देखिन खोजेको छ, यसको हामीले स्वागत गरेका छौँ ।

जहाँसम्म मन्दीका बेलामा एक्स्पो आयोजनाको विषय छ, हामीले बजार चलायमान गराउने र माग बढाउने पुलको रुपमा पनि एक्स्पो आयोजना हुने गरेको छ । अर्को कुरा, हामीले विगतमा आयोजना गर्दै आएका यस्तै एक्स्पोकै मद्दतले अहिले नेपाली वस्तुप्रति अन्तर्राष्ट्रिय समुदायको आकर्षण बढ्दो छ । यसलाई अझै बढाउन पनि यस्ता एक्स्पोहरु गरिरहनु पर्छ ।

विभिन्न देशबाट सहभागी हुने व्यवसायीहरुसँग नेपाली उद्यमी व्यवसायीहरुको परिचय हुन्छ, कुराकानी हुन्छ, सम्बन्ध स्थापित हुन्छ । विभिन्न देशका उत्पादक र व्यवसायीसँग नेपाली उद्यमी व्यवसायीहरुले छलफल र अनुभव आदानप्रदान गर्ने अवसर पनि पाउँछन् ।

यी सँगै, सकारात्मक सन्देश प्रवाह गर्ने चेम्बरको उदेश्य हो । जुन हरेक वर्ष एक्स्पोमार्फत चेम्बर एक्स्पोमार्फत हुँदै पनि आएको छ ।

अन्तिममा, तपाईहरुले एक्स्पो आयोजना गर्ने ठाउँ समाजकल्याण परिषदसँग भाडामा लिनुहुन्छ । समाजकल्याणले भाडा लिएपनि खासै सहयोग गर्दैन भन्ने अन्य मेला महोत्सव आयोजकहरुको गुनासो सुनिन्छ । तपाईहरुको विगतको अनुभव चाहिँ कस्तो छ ?

समाजकल्याण परिषदले सरसफाइ गरिदिए चाहिँ हुन्थ्यो । मुख्य हलको सिलिङ पनि हामी आफैँले मर्मत गर्नुपर्छ, बिजुलीको विकल्पमा जेनेरेटर पनि आफैँले तयार गर्नुपर्छ । कम्तीमा भाडामा लगाएपछि समाजकल्याण परिषदले यस्ता कुराहरु चाहिँ हेरिदिनुपर्ने हो, यसमा चाहिँ कमजोरी देख्छु ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सानिगाड हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

सानिगाड हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img