Wednesday, June 18, 2025
spot_img

सुनमा भन्सार वृद्धि र सिन्डिकेट विरुद्द व्यवसायी तथा कालिगढद्वारा विरोध प्रदर्शन

spot_img
spot_img

सरकारले सुनको भन्सार बढाएको विरोधमा सुनचाँदी व्यवसायी र कालीगढहरूले विरोध प्रदर्शन गरेका छन्। संयुक्त सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिको आयोजनामा उनीहरुले आज आइतबार काठमाडौंको माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले विगत १४ वर्षदेखि लागु गरिएको सुनको सिण्डिकेटको विरुद्द प्रदर्शन गरेका हुन् । साथै हालै सुनमा बढाईएको भन्सार वृद्धिको विरोध गरेका हुन् । गत जेठ १५ मा प्रस्तुत भएको आर्थिक वर्ष २०८१/८२ को बजेटले सुनमा भन्सार दर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएको छ। जसको कारण सुनको मूल्य बढेर उच्च बिन्दुमा पुगेको छ ।

प्रदर्शनको क्रममा उनीहरुले सुनमा लागाईएको सिन्डिकेट खारेज गर्न, अव्यावहारिक रुपमा सुनमा बढाईएको भन्सार दर खारेज गर्न तथा  सुनचाँदी व्यवसायी र कालिगढमैत्री नीति निर्देशिका र ऐन तुरुन्त जारी गर्न माग गरेका छन् ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

होटललाई औद्योगिक ग्राहकमा रुपान्तरण गरिँदै, घट्दै बिजुलीको महशुल

नेपाल विद्युत प्राधिकरणले सरकारको घोषणा अनुसार होटललाई औद्योगिक ग्राहकमा...

भारत आउने भयो एलन मस्कको स्टारलिंक इन्टरनेट, केन्द्र सरकारले दियो अनुमति

भारत सरकारले एलन मस्कको नेतृत्वमा रहेको स्पेसएक्सको स्टारलिंकलाई भारतमा...

एलएस अटोका दुइ मोडल नाइमा एक्स्पोमा आउने

एलएस अटोको नेपालका लागि आधिकारिक बिक्रेता नेक्सन भेन्चर प्रा.लि.ले...

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...
spot_img