Tuesday, July 21, 2026
spot_img

सुनमा भन्सार वृद्धि र सिन्डिकेट विरुद्द व्यवसायी तथा कालिगढद्वारा विरोध प्रदर्शन

spot_img

सरकारले सुनको भन्सार बढाएको विरोधमा सुनचाँदी व्यवसायी र कालीगढहरूले विरोध प्रदर्शन गरेका छन्। संयुक्त सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिको आयोजनामा उनीहरुले आज आइतबार काठमाडौंको माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले विगत १४ वर्षदेखि लागु गरिएको सुनको सिण्डिकेटको विरुद्द प्रदर्शन गरेका हुन् । साथै हालै सुनमा बढाईएको भन्सार वृद्धिको विरोध गरेका हुन् । गत जेठ १५ मा प्रस्तुत भएको आर्थिक वर्ष २०८१/८२ को बजेटले सुनमा भन्सार दर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएको छ। जसको कारण सुनको मूल्य बढेर उच्च बिन्दुमा पुगेको छ ।

प्रदर्शनको क्रममा उनीहरुले सुनमा लागाईएको सिन्डिकेट खारेज गर्न, अव्यावहारिक रुपमा सुनमा बढाईएको भन्सार दर खारेज गर्न तथा  सुनचाँदी व्यवसायी र कालिगढमैत्री नीति निर्देशिका र ऐन तुरुन्त जारी गर्न माग गरेका छन् ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादनको लागि सम्झौता

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच...

बजेट कार्यान्वयनको लागि अर्थ मन्त्रालयद्वारा ३७ बुँदे निर्देशन जारी

अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी...

शनिवार र आइतबार बाहेकका सार्वजनिक विदा घटाउने तयारी

सरकारले सार्वजनिक विदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा...

पुँजीबजारबारे प्रधानमन्त्रीको विशेष छलफल, दैनिक ३० अर्ब कारोबार हुने वातावरण बनाउन आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक विकास र...

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दर्ता गराउन अन्तिम आह्वान

सरकारले ६६ वटा स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन...

नेपाल र स्पेनबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सबीच...
spot_img