आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला २ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार २ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५० हजार ५ सय १५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ७ सय ३४ रुपैयाँ तोकिएको छ ।










