Monday, August 31, 2026
spot_img

सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा ५ करोड १ लाख रुपैयाँ सहयोग

spot_img

विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् । बाढीबाट प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न उक्त रकम उद्धार तथा राहत कार्य, स्वास्थ्य उपचार तथा बाढीका कारण क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापना लगायतका कार्यमा उपयोग हुने अपेक्षा गरिएको छ ।

विपद्को यस कठिन परिस्थितिमा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको संस्था ‘सिप्रदियन सहायता संस्था’ मार्फत समेत प्रत्यक्ष राहत तथा सहयोग कार्यक्रम सञ्चालन गरिरहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सिप्रदियन सहायता संस्थाका प्रतिनिधिहरू प्रभावित समुदायमा पुगेर स्थानीय आवश्यकता पहिचान गर्दै अत्यावश्यक राहत सामग्री, खाद्यान्न, तथा अन्य आधारभूत आवश्यकताका सामग्रीहरू वितरण गरिरहेका छन् । प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई प्राथमिकतामा राख्दै संस्थाले स्थानीय स्तरमै समन्वय गरी आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउँदै आएको छ ।

सिप्रभ्य समूहले राष्ट्रलाई संकट परेको समयमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रभावित समुदायसँग ऐक्यबद्ध भएर उभिने प्रतिबद्धता व्यक्त गरेको छ । विपद्को यस कठिन घडीमा प्रभावित परिवारको उद्धार, राहत र पुनस्र्थापनाका लागि आवश्यक सहयोगमा निरन्तर सहकार्य गर्ने समूहको प्रतिबद्धता जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

बजार भाउ बढाउनेलाई कडा कारबाही गर्न उद्योगमन्त्रीको निर्देशन, १६ टिम परिचालन

उद्योगमन्त्री गौरीकुमारी यादवले विपद् तथा चाडपर्वको मौका छोपेर उपभोक्तामाथि...

हिमालयन बैंकद्वारा रसुवा बाढी पिडितका लागि ३ करोड १ लाख सहयोग

हिमालयन बैंक लिमिटेडले भोटेकोशी बाढी पीडितका लागि ३ करोड...

बाढी पीडितलाई नागरिक लगानी कोषद्वारा एक करोड एक लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले एक...

नेपाल इन्स्योरेन्सद्वारा ५० लाख सहयोग

रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनिय बाढीका कारण भएको जनधनको...

नुवाकोटको त्रिशुली पारीको भूभाग सडक सञ्जालमा जोडियो

त्रिशुली नदीमा रहेका पुलहरूमा भएको क्षतिका कारण प्रभावित बनेको...

केएल दुगड ग्रुपद्वारा बाढी प्रभावित परिवारलाई खाद्यात्र सामग्री सहयोग

यही भदौ १० गते रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट...