आज बिहिबार सुनको भाउमा भारी वृद्धि भएको छ । बुधबार प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ९ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६८ हजार ६ सय ९० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा २६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार १ सय ६३ रुपैयाँ तोकिएको छ ।









