Thursday, August 20, 2026
spot_img

३५ लाख ९९ हजारमै नेपाल आयो ‘नामी भिगो ई२’

spot_img

नेपालका लागि डोङफेङ नामीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ सार्वजनिक गरेको छ । कम्पनीले ३५ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर नामी भिगो ई२ सार्वजनिक गरेको हो ।

भदौ ९ गतेदेखि सुरु हुने नाडा अटो शो अवधिभर यो मूल्य लागू हुनेछ । त्यसपछि ३७ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ ।

फुल एसयूभी नामी भिगो ई २ मा ४४.९४ किलोवाट आवर र ५१.८७ किलोवाट आवरको ब्याट्री विकल्प दिइएको छ । ४४.९४ किलोवाट आवरको ब्याट्री प्याक भएको मोडलले ३०० र ५१.८७ किलोवाट आवरको ब्याट्री भएको मोडलले ३५० किलोमिटर रेन्ज दिने बताइएको छ ।

कम्पनीका अनुसार यो ईभीले १६७ किलोवाटको डीसी फास्ट चार्जर सपोर्ट गर्छ । कम्पनीले ५० वाटको वायरलेस चार्जर पनि दिएको छ ।

१२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८.८ इन्चको इन्फरमेशन डिस्प्ले र ३६० डिग्री क्यामेरा जस्ता फिचर्स भएको यो ईभीमा ६ एयरब्याग, एडास जस्ता आधुनिक र सुरक्षित विशेषताहरु छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

अब गभर्नर र डेपुटी गभर्नरको कार्यकाल ३ वर्ष मात्रै

नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरको कार्यकाल ३...

अचाक्ली बढ्यो खाद्यान्न र चिनीको भाउ, दशैँ तिहारमा महँगी झन् बढ्ने चिन्ता

चाडवाडको सिजन सुरु नहुँदै खाद्यान्न र चिनीको भाउ अचाक्ली...

अवसर इक्विटी डाइभर्सिफाइड फन्डद्वारा ग्लोबल एग्रो प्रोडक्ट्समा लगानी

अवसर इक्विटी डाइभर्सिफाइड फन्डले ग्लोबल एग्रो प्रोडक्ट्स लिमिटेडमा इक्विटी...

मुक्तिनाथ विकास बैंकद्वारा विशेष कृषि तथा एसएमई कर्जा योजना सार्वजनिक

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि कृषि तथा...

धितोपत्र बोर्ड र ब्रोकर संघबीच अन्तरक्रिया

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको आयोजनमा नेपाल धितोपत्र बोर्ड...

सुनचाँदीको भाउमा भारी वृद्धि

आज बिहिबार सुनको भाउमा भारी वृद्धि भएको छ ।...
spot_img