आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार २ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४३ हजार ४ सय ८५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ३ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ७ सय ३८ रुपैयाँ तोकिएको छ ।









