पाँच दिन यतामात्रै सुनको भाउ करिब १८ हजारले महँगिएको छ । गत शुक्रबारदेखि बुधबारसम्मको मूल्य हेर्दा सुनको भाउ ५ दिनमै तोलामा १७ हजार ९ सय रुपैयाँले बढेको छ ।
माघ २ मा सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार २ सय रुपैयाँ थियो । माघ ७ गते बुधबार प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको छ ।
बुधबार एकैदिन सुनको मूल्य प्रतितोला १० हजार ४ सय रुपैयाँले बढेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस ४ हजार ७४० डलर छ ।













