आज बिहिबार पनि सुनको भाउ घटेको छ । बुधबार प्रतितोला २ लाख ७८ हजार रुपैयाँको किर्तीमानी उचाईमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा आइपुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ३७ हजार ५५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १७० रुपैयाँले घटेर प्रतितोला ५ हजार ४ सय ८५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ७ सय २ रुपैयाँ तोकिएको छ ।













