आज बुधबार पनि सुनको भाउ किर्तीमानी उचाईमा पुगेको छ । मंगलबार प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७८ हजार रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ३८ हजार ३ सय ४० रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज तोकिएको सुनको भाउ हालसम्मकै उच्च हो ।
आज चाँदीको भाउ पनि तोलामा एकैदिन ३ सय १५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ६ सय ५५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ८ सय ४८ रुपैयाँ तोकिएको छ । नपाली बजारमा आज कायम भएको चाँदीको भाउ पनि हालसम्मकै उच्च हो ।













