आज सोमबार सुनको भाउ किर्तीमानी उचाईमा पुगेको छ । आइतबार प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ हजार १ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ३५ हजार ५ सय १० सय रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज तोकिएको सुनको भाउ हालसम्मकै उच्च हो ।
आज चाँदीको भाउ पनि तोलामा एकैदिन २०५ रुपैयाँले बढेर प्रतितोला ५ हजार १ सय ९५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ४ सय ५४ रुपैयाँ तोकिएको छ । नपाली बजारमा आज कायम भएको चाँदीको भाउ पनि हालसम्मकै उच्च हो ।













