आज आइतबार सुनको भाउले यसअघिको किर्तीमानी उचाई बराबरी गरेको छ । शुक्रबार प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ३१ हजार ९ सय ९५ सय रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज तोकिएको सुनको भाउ हालसम्मकै उच्च मूल्यमा बराबरी हो । यसअघि पौष १३ गते पनि सुनको भाउ प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो ।
आज चाँदीको भाउ पनि तोलामा एकैदिन २१० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९ सय ९० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार २ सय ७८ रुपैयाँ तोकिएको छ । नपाली बजारमा आज कायम भएको चाँदीको भाउ पनि हालसम्मकै उच्च हो ।













