आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख २३ हजार २ सय ५० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बधबार प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ४ सय ९८ रुपैयाँ तोकिएको छ ।













