आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला २ लाख ५९ हजारमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख २२ हजार ६ सय ५० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार प्रतितोला ३ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा एकैदिन १७० रुपैयाँले बढेर प्रतितोला ४ हजार ५५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ४ सय ७७ रुपैयाँ तोकिएको छ ।













